४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

भुमि समस्या समाधान आयोग कैलालीका बिज्ञ सदस्यहरू द्वारा सपथ ग्रहण

खबर सम्बाददाता ६ फाल्गुन २०८१, मंगलवार
भुमि समस्या समाधान आयोग कैलालीका बिज्ञ सदस्यहरू द्वारा सपथ ग्रहण

नवनियुक्त भुमि समस्या समाधान आयोग कैलालीका बिज्ञ सदस्य र खुला सदस्यले सपथ ग्रहण गरेका छन् ।

आयोगका बिज्ञ सदस्य कमल सिहं राना र खुला सदस्य दान बहादुर बि.क (चित्रण) ले पद तथा गोपनियताको सपथ लिएका हुन् । आज आयोगको कार्यालय धनगढीमा एक कार्यक्रमका बिच उनिहरुलाई आयोगका कैलाली जिल्ला अध्यक्ष यज्ञराज उपाध्यायले सपथ खुवाएका हुन् ।

सपथ ग्रहण कार्यक्रम पश्चात बोल्दै अध्यक्ष उपाध्यायले यो आयोग कैलालीमा अन्तिम आयोगका रुपमा राख्ने गरी काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । आफु मात्रै तिन पटक जिल्लाको भुमि समस्या समाधान आयोगको अध्यक्ष बनिसकेको बताउँदै अब सबै काम सक्ने गरी सक्रिय रहने उनले बताए । समस्या धेरै निम्तिने भएका कारण सरकार, निजि क्षेत्र र राजनितिक दलको अमुल्य सहयोग हुनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै सबिंधानसभा सदस्य एवं पुर्व मन्त्री नारदमुनी रानाले उत्कृष्ठ आयोग बन्ने गरी कैलालीमा काम गर्न सुझाव दिए । दुई दलिय ७ बुदे सहमती अनुसार भुमि आयोगका कार्यक्रमपनि अगाडी बढ्नुपर्ने उनको भनाई छ । कामलाई सक्रियताका साथ निरन्तरता दिए दुई बर्षभित्रै पुर्जा वितरण गर्न सकिने उनको भनाई थियो ।सपथ ग्रहण सगैं बिज्ञ सदस्य राना र खुला सदस्य बि.कले पदभार समेत ग्रहण गरेका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin