४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

कञ्चनपुरको लालझाडीमा जङ्गली हात्ती मृत फेला

खबर सम्बाददाता ७ फाल्गुन २०८१, बुधबार
कञ्चनपुरको लालझाडीमा जङ्गली हात्ती मृत फेला

कञ्चनपुरको लाल झाडीमा जङ्गली हात्ती मृत फेला परेको छ। विगत केही महिनादेखि आतङ्क मच्चाउँदै आएको क्षेत्रमा आज बिहान हात्ती मृत अवस्थामा फेला परेको हो।

लाल झाडी गाउँपालिका–४ को पर्सिया र जाई गाउँको आसपास रहेको सडक किनारमा वयस्क हात्ती मरेको अवस्थामा भेटिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिचारी ठाकुरले बताए। ठाकुरका अनुसार हात्ती के कति कारणले मरेको हो भन्ने खुलेको छैन्।

लाल झाडी कोरिडोरमा रहेको हात्तीले गत असोजदेखि सो क्षेत्रमा खेतीपातीमा नोक्सान गर्दै आएका छन्। हात्तीको आक्रमणबाट कञ्चनपुरमा यसै वर्ष दुई जनाको ज्यानसमेत गएको थियो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin