४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

बेलडाँडी गाउँपालिका प्रमुख रानाले आफ्नै घरमा चलाए जेसीबि

खबर सम्बाददाता ७ फाल्गुन २०८१, बुधबार
बेलडाँडी गाउँपालिका प्रमुख रानाले आफ्नै घरमा चलाए जेसीबि

कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुखले सडकमा पर्ने आफ्नै व्यावसायिक घरमा डोजर लगाएका छन् ।

बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले सडकमा पर्ने आफ्नै घरमा डोजर लगाएका हुन्। केही वर्षअघि रानाले चवन्नी बजारमा एक व्यावसायिक सटर निर्माण गरेका थिए। उक्त घर नक्साअनुसार सडकमा परेपछि उनले आफ्नै घरमा डोजर लगाएर सडकको जमिन खाली गराएका हुन् ।

बेलडाँडी गाउँपालिका– २ चवन्नी बजारदेखि कालिकिच तालसम्म जोड्ने सडक विस्तारका क्रममा गाउँप्रमुख रानाकै घर सडकका परेको थियो । उनले आफ्नै घर भत्काएर सडक विस्तारको कामकाज थप सहजीकरण गरेका छन्।गाउँप्रमुख रानाले व्यक्तिगत स्वार्थभन्दा गाउँको दिगो विकास र समृद्धिका लागि आफूले आफ्नैबाट गल्ती स्वीकार गर्दै सडकमा पर्ने घर हटाएको बताएका छन्। गाउँपालिकाले चवन्नी–कालिकिच सडक विस्तारका क्रममा सडकमा पर्ने संरचना हटाउन दुईपटक सूचना जारी गरेको थियो । कसैले पनि हटाउन नमानेपछि मंगलबारदेखि उनी आफैँले आफ्नैबाट सुरु गरेका छन्।

विकासका लागि पूर्वाधार भन्दै सडक विस्तारका लागि सबैले मिलेर सहकार्य गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । ‘हामी सबै मिलेर नक्साअनुसारको क्षेत्रमा रहेका संरचनाहरू हटाउनुपर्छ, यो बाध्यता हो, न एक दिन हामीले खाली गर्नुपर्छ, त्यसैले अहिले नै मिलेर अघि बढ्नु उत्तम हुनेछ,’ उनले भने, ‘सडक विस्तारका क्रममा प्रारम्भिक असहजताहरू आउन सक्छन, तर दीर्घकालीन रूपमा यसले सबैलाई फाइदा हुन्छ, व्यवस्थित सडकले व्यापार, यातायात, पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउँछ।’

कानुनी रूपमा नक्साको सडकलाई कुनै व्यक्तिले निजीकरण गर्न सक्दैन, त्यसैले सबैले नक्साको बाटो खोल्ने सहमतिमा आउनुपर्ने उनकाे भनाइ छ । चालू आर्थिक वर्षमा संघीय सरकारको एक करोड बजेटमा चवन्नी बजारदेखि कालिकिच प्राकृतिक तालसम्म सडक विस्तारको योजना छ। वर्षौँपछि बजारदेखि पर्यटकीय गन्तव्य जोड्ने कालिकिच तालसम्मै सडक स्तरोन्नति हुने भएपछि स्थानीयसमेत हर्षित भएका छन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin