४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

किट कलेजबाट निकालिएका ९६ विद्यार्थी घर फर्किए

खबर सम्बाददाता ७ फाल्गुन २०८१, बुधबार
किट कलेजबाट निकालिएका ९६ विद्यार्थी घर फर्किए

भारतको ओडिसास्थित किट कलेजबाट निकालिएका ९६ विद्यार्थी पर्साको वीरगन्ज नाकाबाट घर फर्किएका पर्सा प्रहरीले जनाएको छ।

किट कलेजबाट निकालिएका विद्यार्थीहरू वीरगन्ज नाका हुँदै अहिलेसम्म ९६ जना घर फर्किएको पर्साका प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म यो नाका हुँदै सबै विद्यार्थीहरु घर फर्किएका छन्। उनले फर्किएकामध्ये करिब ८० प्रतिशत विद्यार्थी पर्साकै रहेको बताए। केही विद्यार्थी मात्र बाहिर जिल्लाको रहेको र उनीहरू आफ्नै हिसाबले घरतर्फ लागेको उनको भनाइ छ। विद्यार्थीहरू पर्सा वीरगन्जसहित विभिन्न स्थान, बारा, रौतहट, मकवानपुर लगायतका स्थानका छन्।

वीरगन्जको शंकराचार्य गेटमा आएका विद्यार्थीहरूलाई स्थानीय साउथ जोन स्कुलले व्यवस्थापन गरेको दुई वटा स्कुल बसको साहयताले सिमरा सम्म पुर्‍याइएको हो। नेपाल फर्किएका विद्यार्थीहरूले विश्वविद्यालयबाट आफूहरूमाथि अत्याचार भएको बताएका छन्। प्रकृति लम्सालको शंकास्पद मृत्युपश्चात् सोको विरोध गरिरहेका विद्यार्थीहरूलाई विश्वविद्यालय प्रशासनले गुन्डा र सुरक्षागार्ड लगाएर कुटपिट गर्दै होस्टेलबाट निकालेको विद्यार्थीहरूको भनाइ छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin