४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

धनगढीमा भोलिदेखी सिप तथा रोजगार मेला, मन्त्री भण्डारीले उद्घाटन गर्ने

खबर सम्बाददाता ७ फाल्गुन २०८१, बुधबार
धनगढीमा भोलिदेखी सिप तथा रोजगार मेला, मन्त्री भण्डारीले उद्घाटन गर्ने

धनगढीमा भोलि (बिहिबार) देखी सिप तथा रोजगार मेला शुरु हुन लागेको छ ।

सिप तथा रोजगार मेलामा सुदूरपश्चिमका ९ जिल्लाका ३९ पालिकाका युवाले भाग लिन भएका छन्।

धनगढी उपमहानगरपालिकाको आयोजना तथा नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घको प्राविधिक सहयोगमा धनगढीको खुलामञ्चमा तालिम आयोजना हुँदैछ। एक महिनासम्म चल्ने तालिमको बिहिवार सङ्घीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

धनगढीमा बुधवार पत्रकार सम्मेलन गर्दै मेलाको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ। युवाहरूलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन बजारको माग अनुसार सिप सिकाई दक्ष बनाउने उद्देश्यले तालिम दिन लागिएको उपमहानगरले जनाएको छ।

४० दिनसम्म चल्ने तालिममा भाग लिन सुदूरपश्चिमका ९ जिल्लाको ४७ पालिकाबाट चार हजार ८३० जनाले आवेदन दिएकामा ३९ पालिकाका एक हजार ४० जनालाई विभिन्न ८ क्षेत्रका २९ विषयमा तालिम दिइने

स्वदेशमै रोजगारका अवसर पाउन दक्ष जनशक्ति तयार गर्न मेला आयोजना गर्न लागेको नगरप्रमुख गोपाल हमालले बताए। उनले युवाहरूलाई विभिन्न सिप सिकाएर आकर्षक र राम्रो रोजगारीको अवसर पाउन भनेर विभिन्न २९ विषयमा तालिम दिन लागेको बताए।

मेलामा प्रतिस्पर्धाबाट छानिएका प्रशिक्षकहरूबाट २९ विषयमा तालिम दिइने छ। ३० दिन विभिन्न विधामा सिपमूलक तालिम दिइने छ भने ५ दिन जीवनोपयोगी र उद्यमशीलता सम्बन्धी तालिम दिइने छ।

यस्तै, दुई दिन रोजगारदाता र तालिम प्राप्त युवाहरूबिच अन्तरक्रिया गर्नका लागि रोजगार मेला आयोजना गरिने छ। बिहिवार दिउँसो एक बजे सङ्घीय मन्त्री दामोदर भण्डारीले मेला उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin