४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

धनगढीमा फोहोरले खुटिया नदी प्रदूषित बन्दै

खबर सम्बाददाता १० फाल्गुन २०८१, शनिबार
धनगढीमा फोहोरले खुटिया नदी प्रदूषित बन्दै

सरसफाइ अभियान चलेको धनगढी उपमहानगरपालिकामा खुटिया नदी प्रदूषित बन्न थालेको छ।

जथाभाबी फोहोर फाल्न निषेध गरिएको पालिकामा नदीमै फोहोर फालिएपछि प्रदूषित हुन थालेको हो। धनगढी उपमहानगरपालिका–७ बेली बजार क्षेत्रमा नदीमा फोहोर बढेको देखिन्छ। स्थानीयले प्लास्टिकजन्यलगायत अन्य फोहोर नदीमा फाल्ने गरेका छन्। नदीमा जथाभाबी फोहोर फाल्दा जल प्राणीमा असर पर्ने गर्छ।

वडा नम्बर-७ का वडाध्यक्ष मोती रानाले पटेला क्षेत्रमा आर्यघाट रहेकाले त्यहाँको फोहोर बगेर बेली बजार क्षेत्रमा पुगेको बताए। बेली बजारवासीले नदीमा फोहोर नफालेको भन्दै उनले थपे, ‘त्यहाँ फोहोर लिनका लागि ट्याक्टर जाने गरेको छ। जहाँसम्म बजारका बासिन्दाले फोहोर फालेका होइनन्। पटेला क्षेत्रमा रहेको आर्यघाटको फोहोर बगेर यता पुगेको हुनु पर्छ।’

बेली बजारमा बजार व्यवस्थापन समिति रहेकाले समितिसँग पनि बुझ्ने कार्य आफूले गर्ने वडाध्यक्ष रानाले बताए। उनले नदीमा भएको फोहोर उठाउन पहल गर्ने उल्लेख गरे। ‘सरसफाइका क्रममा त्यो फोहोर उठाउन म आग्रह गर्छु,’ रानाले भने। फोहोरबाट मोहर बनाउने कार्य भइरहेको धनगढीमा जथाभाबी फोहोर फाल्न निषेध गरिएको छ। सडकलगायत सार्वजनिक क्षेत्रमा जथाभाबी फोहोर फालेमा धनगढी उपमहानगरपालिकाले दण्डजरिबाना गर्ने गरेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin