४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

भारतीय नम्बर भएको कारको ठक्कर बाट कञ्चनपुरमा २ जना घाइते

खबर सम्बाददाता ११ फाल्गुन २०८१, आईतवार
भारतीय नम्बर भएको कारको ठक्कर बाट कञ्चनपुरमा २ जना घाइते

कञ्चनपुरमा भारतीय नम्बरको कारले ठक्कर दिँदा दुईजना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गस्थित सुकासाल चोक नजिकै पूर्वबाट पश्चिम जाँदै गरेको युके ०४ए एफ ५९४३ भारतीय नम्बरको अल्टोकारले शनिबार राति अटो रिक्सा र साइकल यात्रुलाई ठक्कर दिएको हो।

दुर्घटनामा अटो चालक भीमदत्त नगरपालिका १० पशुपति टोल बस्ने वर्ष ३५ का केशव सुनार र महेन्द्रनगर बजारबाट घर फर्कदै गरेकी साइकल यात्रु भीमदत्त नगरपालिका ५ बैजनाथ टोल बस्ने वर्ष १५ की प्रतिज्ञा लुहार घाईते भएका छन् ।

कार चालक भीमदत्त नगरपालिका वडा नम्बर ११ बस्ने वर्ष ५० का चालक ५० वर्षीय कमल गुरुङ सामान्य घाइते भएका छन्। घाइते लुहार र सुनारलाई थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin