४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

कञ्चनपुरको पुनर्वासमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजना घाइते

खबर सम्बाददाता ११ फाल्गुन २०८१, आईतवार
कञ्चनपुरको पुनर्वासमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजना घाइते

कञ्चनपुरमा स्कुल बसले मोटरसाइकल लाई ठक्कर दिदा एक जना गम्भीर घाइते भएका छन्।

जिल्लाको पुनर्वास नगरपालिका–३ रामबस्तिमा विद्यार्थी लिन गइरहेको स्कुल बसले मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकलमा सवार सोही ठाउका ४४ वर्षीय रमेश तामाङ घाइते भएका हुन्।

आईतवार बिहान पुनर्वास नगरपालिका–३, रामबस्तीमा धनगढी उपमहानगरपालिकामा रहेको त्रिस्टल बोर्डिङ स्कुलको सुपप्र ०१–००१ प. २१३३ नम्बरको बसको ठक्करबाट से२ प ६३०९ नम्बरको मोटरसाईकलमा सवार तामाङ गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक महेश विक्रम शाहीले बताए।

दुर्घट्नापछि बस चालक घटना स्थलमै बस छोडेर भागेको स्थानियले बताएका छन्। घाइते तामाङको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरेको जनाइएको छ।बसलाई घटना स्थलबाट नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा राखिएको छ भने उक्त बसका चालक प्रेमसिँह राना पनि प्रहरीको सम्पर्कमा आईसकेको ईलाका प्रहरी कार्यालय प्रमुख शाहीले जानकारी दिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin