४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

कैलालीमा थारू लोककला जोगाउन कार्यशाला

खबर सम्बाददाता ११ फाल्गुन २०८१, आईतवार
कैलालीमा थारू लोककला जोगाउन कार्यशाला

थारू समुदायको लोककला जोगाउनका लागि कार्यशाला सम्पन्न गरिएको छ।

ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा कैलालीको फकलपुरमा थारू लोककला कार्यशाला गरिएको हो। थारू समुदायको मौलिक पहिचान झल्काउने लोककला पछिल्लो समय हराउँदै गएको छ। विगतमा थारू समुदायको कच्ची घरको भित्तामा माटोको हात्ती, घोडा, मंयुर, डोला–डोली बोकेको मान्छे, रुख लगायतको चित्र हुन्थ्यो। त्यो अहिले देखिँदैन।

परम्परागत लोककला हराउँदै गएकाले त्यसलाई जोगाउनका प्रतिष्ठान र स्थानीय जागृति युवा क्लबको आयोजनामा कार्यशाला गरिएको सो गाउँवासी माधव थारूले बताए । उनले जागृति युवा क्लब र त्यहाँको गाउँ समाजले कच्ची घर पनि बनाउने र भित्तामा चित्र बनाउने अभियान चलाउने जानकारी दिए ।

“फकलपुरमा कुनै पनि थारू घर थारू समुदायको घर जस्तो छैन। सबै पक्की भएपछि अब हरेक घरकाले कच्ची घर पनि बनाउने र त्यसमा परम्परागत चित्र बनाउने अभियान चलाइदैँ छ।”

फकलपुरमा थारू होमस्टे सञ्चलानमा रहेको छ। कार्यशालामा सहभागीले घरको भित्तामा माटोको चित्र बनाउने अभ्यास गरेका थिए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin