४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

लागू औषधसहित कञ्चनपुरबाट ४ जना पक्राउ

खबर सम्बाददाता १२ फाल्गुन २०८१, सोमबार
लागू औषधसहित कञ्चनपुरबाट ४ जना पक्राउ

कञ्चनपुरबाट प्रहरीले लागू औषध सहित ४ जनालाई पक्राउ गरेको छ ।

आइतबार बेलौरी र कृष्णपुर नगरपालिकाबाट लागू औषध सहित ४ जना पक्राउ परेका हुन ।

बेलौरी नगरपालिका – ४ बेलौरी बजार स्थित म १ प ६०३० नम्बरको मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्दा मोटरसाइकल चालक बेलौरी नगरपालिका – ७ गणेशपुरका २४ वर्षीय खुसी राम राना र मोटरसाइकल पछाडि सवार २२ वर्षीय देव राज राना पक्राउ परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनीहरूको साथबाट १।४३ ग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको छ ।

यस्तै आइतबार राती कृष्णपुर नगरपालिका – ५ गजरौलाबाट कृष्णपुर नगरपालिका – ४ का २३ वर्षीय दीपेन्द्र बोगटी र २५ वर्षीय डेनी जोशी पक्राउ परेका छन् । उनीहरूको साथबाट ९० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin