४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

धनगढीका पाँच सामुदायिक बिद्यालयमा अध्यायनरत एक हजार १८३ छात्रालाई पोसाक वितरण

खबर सम्बाददाता १३ फाल्गुन २०८१, मंगलवार
धनगढीका पाँच सामुदायिक बिद्यालयमा अध्यायनरत एक हजार १८३ छात्रालाई पोसाक वितरण

कैलालीको धनगढी उपमहानगरपालिकाले एक हजार एक सय ८३ छात्रालाई पोसाक वितरण सुरु गरेको छ।

धनगढी उपमहानगरपालिकाको नगर प्रमुख शैक्षिक सुधार कोषको रकमले छात्राहरूलाई विद्यालय पोसाक वितरण थालिएको हो। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको सचिवालयले कोषमा जम्मा भएको ५७ लाख ४० हजार सात सय ५० रुपैयाँबाट विद्यालय पोसाक वितरणको काम सुरु भएको बताएका छन्।

धनगढी उपमहानगरपालिकाका पाँच वटा नमुना विद्यालयहरूका छात्राहरूलाई पोसाक वितरण थालिएको हो। धनगढी उपमहानगरपालिकाको भवानी माध्यमिक विद्यालय, ठेकराज माध्यमिक विद्यालय, शिद्धनाथ माध्यमिक विद्यालय, बेहडाबाबा माध्यमिक विद्यालय र चन्द्रदोय माध्यमिक विद्यालयका एक हजार एक सय ८३ छात्रालाई एक जोड सट र पाइन्ट, एक जोड ट्राउजर र भेस्ट, एक झोला, २ जोड जुत्ता, दुई जोड मोजा र एक सुइटरका दरले छात्राहरूलाई पोसाक वितरण गरिदैछ।

भवानी माध्यमिक विद्यालय र शिद्धनाथ माध्यमिक विद्यालयमा पोसाक वितरणको काम सकिएको नगर प्रमुख हमालको सचिवालयले बताएको छ। तीन वटा विद्यालयहरूमा विद्यालय पोसाकको काम बाँकी रहेको छ। बैँक तथा वित्तीय संस्था र अन्य विभिन्न संस्थाहरूले कोषमा रकम जम्मा गरेका थिए।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, नगर उपप्रमुख कन्दकलाकुमारी राना, वडाध्यक्ष तथा जनप्रतिनिधिहरूको सहभागितामा संस्थाका प्रमुख तथा प्रतिनिधिमार्फत नै पोसाक वितरण गर्दै छन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin