४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

उत्तराखण्ड हिमपहिरोमा ३३ मजदूरको उद्धार, २२ अझै बेपत्ता

खबर सम्बाददाता १७ फाल्गुन २०८१, शनिबार
उत्तराखण्ड हिमपहिरोमा ३३ मजदूरको उद्धार, २२ अझै बेपत्ता

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा हिउँमा फसेका मध्ये ३३ जना मजदूरको उद्धार भएको छ।

हिउँमा फसेका ५५ मध्ये ३३ जनाको उद्धार भएको चमोलीका जिल्ला अधिकारी (डीएम) सन्दीप तिवारीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ। यसअघि त्यस क्षेत्रमा ५७ जना मजदूर रहेका खबर सार्वजनिक भएको थियो। तर चमोलीका डीएमले दुई जना बिदामा रहेका जानकारी दिनुभएको छ।

हिमपहिरोमा परी अझै २२ जना बेपत्ता रहेका र उनीहरूको खोजीमा भइरहेको खबरमा उल्लेख छ। मजदूरको उद्धारका लागि सेनासँगै आईटीबीपी, एनडीआरएफ, एसडीआरएफको टोली खटिएका छन। हिजो दिउँसो बद्रीनाथ धामको नजिक मनामा हिमपहिरो गएको हो। सीमा सडक सङ्गठन बीआरओ को सडक निर्माणमा खटिएका मजदूर हिमपहिरोमा फसेका हुन्। हिमपातका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin