२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

स्वास्थ्य सेवामा अबल बन्दै नवजीवन अस्पताल, एक वर्षमा ४९ हजारले पाए उपचार सेवा

खबर सम्बाददाता १७ फाल्गुन २०८१, शनिबार
स्वास्थ्य सेवामा अबल बन्दै नवजीवन अस्पताल, एक वर्षमा ४९ हजारले पाए उपचार सेवा

धनगढीको नवजीवन अस्पतालबाट एक वर्षको अवधिमा करिब ४९ हजार बिरामीले उपचार सेवा पाएका छन्।

अस्पतालको १९ औँ वार्षिकोत्सवको अवसरमा शनिवार गरिएको पत्रकार सम्मेलनमा अस्पताल सञ्चालक समितिका अध्यक्ष यज्ञराज ढुङ्गानाले एक वर्षमा अस्पतालबाट ४८ हजार ९५३ जना बिरामीले उपचार सेवा पाएका हुन्। २०६२ साल फागुन १७ गते धनगढीमा खुलेको निजी स्तरको नवजीवन अस्पताल २०७९ असोजबाट एक सय शय्या क्षमतामा सञ्चालित छ। अस्पतालले गत वर्षदेखि दस शय्याको डायलाइसिस सेवा समेत चलाएको छ।

गत वर्षको फागुनदेखि यो वर्षको माघ मसान्तसम्म ४ हजार ४९ जनाले आकस्मिक उपचार सेवा लिएका छन् भने ३२ हजार १८८ जना बिरामीले बहिरङ्ग सेवा पाएका छन्। एक वर्षमा ५ हजार ६९७ जनाले अन्तरङ्ग सेवाबाट उपचार पाएको अस्पतालले जनाएको छ। एक वर्षमा अस्पतालबाट एक हजार ५३९ ले निःशुल्क सुत्केरी सेवा लिएका छन्।

यस्तै, दुई हजार ९६६ जना बालबालिकालाई निःशुल्क खोप सेवा दिनुका साथै दुई हजार ५१४ व्यक्तिले अस्पतालले विभिन्न स्थानमा चलाएका स्वास्थ्य शिविरबाट उपचार सेवा पाएको अस्पतालले जनाएको छ। वार्षिकोत्सवको अवसरमा अस्पतालले रक्तदान, बिरामीहरूलाई फलफूल वितरण गर्नुका साथै ट्राफिक प्रहरीलाई ३० वटा डिभाइर हस्तान्तरण गरेको छ।

नवजीवन अस्पतालबाट सामाजिक सुरक्षामा आवद्ध सर्वसाधारणले आइपिडी र ओपिडीमा ८० प्रतिशत तथा दुर्घटना भएको अवस्थामा निःशुल्क उपचार पाउने भएका छन्। अस्पतालका अध्यक्ष ढुङ्गानाले सामाजिक सुरक्षा कोषबाट नवजीवन अस्पताल सम्मानित भएको बताए।

अस्पतालले सामाजिक सुरक्षामा आवद्ध सबैभन्दा बढी बिरामीको उपचार गरेकाले सम्मानित भएको हो। अस्पतालमा १७ किसिमका सेवा सञ्चालन, उपचार सेवाका अतिरिक्त विभिन्न शैक्षिक कार्यक्रम समेत सञ्चालन गर्दै आएको नवजीवन अस्पतालमा २४ सैं घण्टा १७ किसिमको उपचार सेवा रहेको अस्पतालका निर्देशक डाक्टर विदुरमणि ढकालले बताए।

नवजीवन अस्पतालमा डिप्लोमा तहको नर्सिङ, सामान्य चिकित्सा र फार्मेसीको अध्यापन हुने गरेको छ। अस्पतालमा हरेक दिन हाडजोर्नी विशेषज्ञ सेवा, प्रसूति तथा महिला रोग विशेषज्ञ सेवा, विशेषज्ञ बालरोग सेवा, जनरल तथा ल्याप्रेस्कोपिक सर्जन विशेषज्ञ सेवा सञ्चालनमा रहेको निर्देशक डाक्टर पौडेलले बताए। यसैगरी, विशेषज्ञ मानसिक तथा स्नायु रोग सेवा, पेट, छाती तथा मुटुरोग विशेषज्ञ सेवा, एनेस्थेशियोलोजिष्ट एवं क्रिटिकल केयर सेवा, विशेषज्ञ मुटुरोग सेवा प्रदान भइरहेको बताइएको छ।

अस्पतालमा डाइलायसिस सेवा, छाला रोग, एलर्जी,यौन तथा सौन्दर्य विशेषज्ञ सेवा, विशेषज्ञ चिकित्सकबाट नाक कान घाँटी रोगको उपचार सेवा, युरो सर्जन तथा मिनि पिसिएनएल सेवा, न्युरो सर्जन सेवा, स्पाइनल सर्जन सेवा, दाँतको उपचार र विषयज्ञ चिकित्सकबाट रेडियोलोजी सेवा हरेक दिन २४ सैँ घण्टा प्रदान भइरहेको निर्देश डाक्टर ढकालले बताए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin