४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

कैलालीको सामुदायिक वनमा दुई जना मृत फेला

खबर सम्बाददाता १८ फाल्गुन २०८१, आईतवार
कैलालीको सामुदायिक वनमा दुई जना मृत फेला

कैलालीको धनगढी उपमहानगरपालिका–९ सालघारीस्थित शैलेश्वरी सामुदायिक वनमा दुई जना मृत फेला परेका छन्।

आइतबार बिहान धनगढी उपमहानगरपालिका–१० बस्ने अन्दाजी ३२ वर्षीय देवल चौधरी र सोही ठाउँका अन्दाजी ३४ वर्षीय कैदा राना मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराका अनुसार चौधरीको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो। साइकलमा सामान बाध्ने रबरले पासो लगाएर झुन्डिएको अवस्थामा देवल फेला परेको उनले जानकारी दिए।

यसैगरी चौधरी झुन्डिएको घटनास्थलभन्दा करिब १५/२० मिटर टाढा भुइँमा पल्टिएको अवस्थामा रानाको शव फेला परेको जनाइएको छ। बिहान वनमा दुई वटा शव देखेपछि स्थानीयले अस्थायी प्रहरी पोष्ट जुगेडालाई खबर गरेका थिए। घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको डीएसपी बोहराले जानकारी दिए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin