४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

पशुपति शिक्षा मन्दिर विद्यालयका पूर्व छात्र पत्रकार राना सम्मानित

खबर सम्बाददाता १९ फाल्गुन २०८१, सोमबार
पशुपति शिक्षा मन्दिर विद्यालयका पूर्व छात्र पत्रकार  राना सम्मानित

धनगढी, कैलाली । धनगढी-७, भानुचोक स्थित पशुपति शिक्षा मन्दिर विद्यालयले आफ्नो २१ औं वार्षिकोत्सव एवं अभिभावक समारोहको अवसरमा विद्यालयका पूर्व छात्र सुरज रानालाई विशेष सम्मान गरेको छ ।

मिडिया तथा पत्रकारिता क्षेत्रमा उनले पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै विद्यालय प्रशासनले उनलाई सम्मानपत्र प्रदान गरेको हो । उक्त समारोह प्रमुख अतिथि सामाजिक विकास समितिका सभापति तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय धर्मराज पाठक ,विशिष्ट अतिथि धनगढी-७ का वडा अध्यक्ष मोति राना रहेका थिए भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर सापकोटाको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले विभिन्न धार्मिक , सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत र समाजसेवीहरुलाई पनि उक्त समारोहमा सम्मान गरिएको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin