४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

कञ्चनपुरकाे पुनर्वासबाट खैरो हेरोइनसहित २ जना पक्राउ

खबर सम्बाददाता २० फाल्गुन २०८१, मंगलवार
कञ्चनपुरकाे  पुनर्वासबाट खैरो हेरोइनसहित २ जना पक्राउ

कञ्चनपुरमा खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–१० विकासबस्तीबाट सुरज राना र महेश राना पक्राउ परेका हुन ।

जिल्लाको पुनर्वास नगरपालिका–१० बिकाशबस्तीको नेपाल भारत सिमानाकाबाट म २ प ८३० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा १३ ग्राम ८९० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) फेला पारी मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–७ बस्ने २२ वर्षीय सुरज राना र मोटरसाइकल पछाडी सवार कृष्णपुर नगरपालिका–८ बस्ने २२ वर्षीय महेश राना पक्राउ परेका हुन्।

दुवै जनालाई खैरो हेरोइनसहित र मोटरसाईकलसहित इलाका प्रहरी कार्यालय त्रिभुववनबस्ती, प्रहरी चौकी परासन, कञ्चनपुर र सशस्त्र प्रहरी बल बि.ओ.पी. दोदा पोष्टबाट संयुक्त रुपमा खटिएको गस्ति टोलीले नियन्त्रणमा लिएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin