धनगढी उपमहानगरपालिका वडा नं. १० मा लागू औषध तथा मनाेसामाजिक सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । बि प्लस मिडियाको आयोजना तथा धनगढी उपमहानगरपालिका वडा नं. १० को कार्यालयको समन्वयमा लागू औषध तथा मनाेसामाजिक सचेतना सम्बन्धी कार्यक्रम भएको हो ।
कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष शिव कुमार रानाले समाजमा लागु औषधको समस्या ठुलो भएको बताउँदै यस्ता सचेतना मुलक कार्यक्रमले समस्या समाधानमा सहयोग पुग्ने बताउनु भयो । वडा नं. १० भारतीय सिमानामा रहेकाले लागू ओसार प्रसारको समेत थप समस्या रहेकाले वडा कार्यालयले आगामी दिनमा यस्ता सचेतना मुलक कार्यक्रम गर्नका लागि योजना बनाउने उहाँले प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा प्रशिक्षक बिनय चौधरीले लागु औषधको विकास तथा उत्पती, यस विषयमा कानूनमा के छ ? यसका असर, प्रयोग गर्ने संभावित कारण, यसबाट कसरी बच्ने, नागरिकको भूमिका के हुन्छ लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रमका अर्का प्रशिक्षक तथा स्वास्थ्यक्रमी भिष्म राज उपाध्यय लागू औषध प्रयोगले हुने असर तथा रोकथामका उपाय, दुर्ब्यसनले समाजमा गरेको प्रतिकुल प्रभाब प्रकाश पार्नु भयो । उनले कुलतको रोकथामका लागी सबै एक जुट हुनु पर्ने बताए ।
कार्यक्रममा विप्लस मिडियाका अध्यक्ष कार्यक्रमका संयोजक भानु प्रताप रानालेसमाजमा फैलिदै गएको लागु औषध दुव्र्यसनीका कारण थुप्रै घटना भइरहेको बताउँदै यसको रोकथामका लागि सबै लाग्नुपर्ने सुझाव दिनु भयो । सबैले असल नागरिकको भूमिका निर्वाह गर्नुपर्ने बताउँदै संयोजक रानाले सभ्य र मानव अधिकार संस्कृतिको समाज बनाउने जिम्मेवारी सबैको भएकोमा जोड दिनु भयो ।

कार्यक्रमका सहभागीहरुले र्याली प्रदर्शन गरी लागू ओषध विरुद्धका नारा पनि लगाएका छन ।कार्यक्रममा यूवा, अभिभावक, महिला स्वायम सेबिका, भलमन्सा, विद्यार्थी, समुदायका अगुवा लगायत १०५ जनाको सहभागिता रहेको थियो ।