६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

कृष्णपुरमा अपाङ्गता भएका ब्यक्तिहरुका लागि गाउँमा गएर परिचय पत्र गरे वितरण

खबर सम्बाददाता २० फाल्गुन २०८१, मंगलवार
कृष्णपुरमा अपाङ्गता भएका ब्यक्तिहरुका लागि गाउँमा गएर परिचय पत्र गरे वितरण

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पहिलो पटक वडा स्तरका शिविर संचालन गरेर अपाङ्गता भएका ब्यक्तिहरुका लागि परिचय पत्र कार्यक्रम सम्पन्न भएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ NNSWA कञ्चनपुर र वर्ल्ड भिजन ईन्टर नेशनल नेपाल को साझेदारीमा कृष्णपुर नगरपालिमा सञ्चालन भएको वाल संरक्षण सामुदायीक सँगलान्तमुखी स्पोन्सर शिप कार्यक्रमको पैरवी सहजीकरण तथा समन्वय मा कृष्णपुर नगरपालिका ले सञ्चालन गरेको शिविर बाट कृष्णपुर का थप ७० जना अपाङ्गता भएका व्यक्ति हरुले अपाङ्गता परिचय पत्र प्राप्त गरेका छन्।

कृष्णपुर नगरपालिका को ८ वटा वडाहरूमा सञ्चालन गरिएको शिविरमा २५४ जना व्यक्तिहरू सहभागिता भए पनि  नेपाल सरकारको अपाङ्गता परिचय पत्र वितरण कार्यबिधि र मापदण्ड भित्र परेका व्यक्तिहरूलाई स्थानीय सरकार को  परिचय पत्र वितरण समिति र चिकिस्सकको परीक्षण अनुरूप मापदण्ड भित्र परेका ७० व्यक्तिहरूले परिचय पत्र पाएका थिए।परिचय पत्र प्राप्त गरेका मध्ये ४ जना ले क वर्ग को रातो कार्ड,२४ जना ले ख वर्ग ले नीलो ,३२ जना ले ग वर्ग को पहिलो कार्ड र १० जना ले घ वर्ग का ले सेतो कार्ड अनुसार परिचय पत्र वितरण गरेका थिए ।यो परिचय पत्र प्राप्त गरे पछताप क वर्ग ले पूर्ण ख वर्ग ले आशिक निर्वाह भत्ता समेत पाउने  छन् भने अन्य वर्ग ले पनि नेपाल सरकारको अपाङ्गता भएका व्यक्तिहरूका लागि प्रावधान गरेको सेवा सुविधा पाउन सक्ने छन्।

कृष्णपुर नगरपालिका का नगरस्तरीय अपाङ्गता सरोकार संघ का अध्यक्ष विष्णु देव जोशी ले NNSWA र वर्ल्ड भिजन लाई विशेष धन्यबाद दिनु भएको थियो।कार्यक्रम मा NNSWA संचालित , बाल संरक्षण ,स्पोन्सर शिप परियोजना र कृष्णपुर नगरपालिकाको साझेदारीमा सञ्चालन भएको शिविर मा ३०जना अपाङ्गता भएका ब्यक्तिहरुको लागि कृष्णपुर नगरपालिका द्वारा सहायक सामग्री,१० जना लाई व्हील चियार ,५ जना लाई वैशाखी ,१३ जना लाई सुनाई सम्बन्धी श्रावण यन्त्रहरू २ जना लाई वाकर वितरण गरिएको महिला तथा बालबालिका शाखा की अधिकृत चन्द्र तिमिल्सेना ले जानकारी गराउनु भएको थियो।कार्यक्रम लाई कृष्णपुर नगरपालिका का उपप्रमुख द्रोपती राना ले  माघ ६ गते वडा नं नं १ मा उद्दघाटन गरी फाल्गुन ८ गते समापन भएको थियो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin