४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

जनसम्बन्ध राख्न नसक्नु माओवादीको कमजोरी :प्रचण्ड

खबर सम्बाददाता २१ फाल्गुन २०८१, बुधबार
जनसम्बन्ध राख्न नसक्नु माओवादीको कमजोरी :प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियामा आइसकेपछि र सरकारमा भएका बेला सङ्घर्षका बेला जस्तो जनसम्बन्ध राख्न नसक्नु माओवादीको कमजोरी भएको बताएका छन।

थारूवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनलाई टीकापुरमा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन । ‘‘शान्ति प्रक्रियामा आएपछि र सरकारमा रहँदा जातीय मोर्चासँग पार्टीको सम्बन्ध कमजोर भयो दह्रो बनाउन सकिएन’’, प्रचण्डले भने, ‘‘समाजवादी क्रान्तिका लागि जातीय मोर्चा झन् बढी आवश्यक भएकाले गम्भीर आत्मसमीक्षा गरेर वर्गीय मुद्दा पुनः उठाउन जनतामा आएको छु।’’

पूर्व प्रधानमन्त्री प्रचण्डले अलिअलि कांग्रेसको अलिअलि एमालेको रोग सरेकाले उपचार गर्न जनताबिच आएको भन्दै अब नेपाली कांग्रेस र नेकपा (एमाले) सँग मिलेर कहिल्यै सरकारमा नजाने पनि बताए। ‘‘आफ्ना पार्टीका पुराना कार्यकर्ताको माया लाग्छ, टीकापुरका नगर प्रमुख रामलाल डगौरा पनि पूर्व कार्यकर्ता हुनुहुन्छ। उहाँले स्वागत गर्नुभयो, मैले गुलाब रोपे’’, प्रचण्डले भने, ‘‘रेशमलाल चौधरीलाई आफूले जेलबाट छुटाउन पनि ठुलो मिहिनेत गरेको हुँ तर रेशमलालको पछि लागेर कतै पुगिँदैन थारूलाई त्यस्तो लाग्छ भने त्यो भ्रम फालिदिनुस्।’’

पार्टीका सुदूरपश्चिम इञ्चार्ज गिरीराजमणि पोखरेलले पनि पार्टीका तर्फबाट भएका गल्तीको समीक्षा गर्दै संविधानका उपलब्धिको रक्षा गर्नुपर्ने बताए। उपमहासचिव वर्षमान पुनले केही भएन भन्ने र सबैथोक प्राप्त भइसकेको भन्ने दुवै खाले भाष्यबाट माथि उठेर समावेशी लोकतन्त्रमा रहेर थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने अवस्था आएको बताए।

कार्यक्रममा अर्का उपमहासचिव जनार्दन शर्मा, माओवादी केन्द्रको जातीय मोर्चाका संयोजक ओनसरी घर्ती, केन्द्रीय सदस्य नेपबहादुर चौधरी, नेपाली कांग्रेसका नेता रामजनम चौधरी लगायतले थारू बहुल क्षेत्रमा पहिचानसहितको सङ्घीयता अझै नआएकाले सङ्घर्ष जारी राख्नुपर्ने बताए। सम्मेलनमा कञ्चनपुरदेखि झापासम्म तराईंका २२ जिल्लाबाट करिब ७५० जना प्रतिनिधि सहभागी भएका आयोजकले जनाएका छन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin