४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

लालझाडी गाउँपालिकामा फागुन २४ गते स्वास्थ्य शिविर हुने

खबर सम्बाददाता २१ फाल्गुन २०८१, बुधबार
लालझाडी गाउँपालिकामा फागुन २४ गते स्वास्थ्य शिविर हुने

कञ्चनपुरको लालझाडी गाउँपालिकामा बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

श्री नम्बर २५ बाहिनी अड्डा अन्तर्गत श्री रुद्रध्वज गण र श्रीदल गुल्मको संयोजकत्वमा लालझाडी गाउँपालिका–२, शंकरपुर स्थित भानु उच्च माध्यामिक बिद्यालयमा एक दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।

शिविरमा थेरापी, छाला तथा यौन रोग सम्बन्धी,अर्थो ओपिडि,अल्ट्रासाउण्ड÷भिडियो एक्सरे सम्बन्धी,दाँत सम्बन्धी,स्त्री रोग सम्बन्धी,बाल रोग सम्बन्धी, नाक,कान,घाँटी सम्बन्धी स्वास्थ्य सेवा उपलब्ध हुने लालझाडी गाउँपालिका अध्यक्षका स्वकिय सचिव अमर सिँह धामीले जानकारी दिए ।त्यस्तै, मानसिक तनावका कारण पिडित भएकाहरुका लागि मनोवैज्ञानिक परामर्श चैत महिनामा छुट्टै सञ्चालन गरिने जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin