४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

खैरो हेरोइनसहित कञ्चनपुरमा एक युवती र चार युवक पक्राउ

खबर सम्बाददाता २३ फाल्गुन २०८१, शुक्रबार
खैरो हेरोइनसहित कञ्चनपुरमा एक युवती र चार युवक पक्राउ

कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवती र चार युवक पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–१५ गोबरीया राधाकृष्ण टोलबाट सोही ठाउँ बस्ने लक्ष्मण अर्याल, भीमदत्त नगरपालिका–१८ बस्ने २५ वर्षीय कमल चन्द र २१ वर्षीय रोसन शाही पक्राउ परेका छन्।यी तीनै जनालाई शुन्य दशमलव ९६ ग्राम खैरो हेरोइनसहित लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यसैगरी भीमदत्त नगरपालिका–११ गड्डाचौकी होल्डिङ सेन्टर नजिकबाट शुक्लाफाँटा नगरपालिका–१ बस्ने २१ वर्षीया यशोदा राना र शुक्लाफाँटा नगरपालिका–३ बस्ने २७ वर्षीय प्रबेश धामी पक्राउ परेका छन्।

यी दुई युवक र युवतीलाई १ दशमलव ६४ ग्राम खैरो हेरोइनसहित लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। बिहीवार पक्राउ परेका यी पाँचै जनामाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin