४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

तिर्थ राज रानाको संयोजकत्वमा रानाथारु पञ्चाङ्ग निर्णायक समिति गठन

खबर सम्बाददाता २५ फाल्गुन २०८१, आईतवार
तिर्थ राज रानाको संयोजकत्वमा  रानाथारु पञ्चाङ्ग निर्णायक समिति गठन

रानाथारुको चाडपर्व कुन पर्व कहिले मनाउने भन्ने कुरामा एक रुपता गर्न नेपाल रानाथारु समाज केन्द्रिय समितिले पाँच सदसिय रानाथारु पञ्चाङ्ग समिति गठन गरेको छ । वि.स. २०८२ मा कुन पर्व कहिले मनाउने तय गर्न नेपाल रानाथारु समाजका महासचिब तिर्थ राज रानाको संयोजकत्वमा पाँच सदसिय रानाथारु पञ्चाङ्ग निर्णायक समिति गठन गरको हो।

यसैगरी रानाथारु पञ्चाङ्ग समितिमा सागर राना, भंगि भगत राना, वहाली राना र वासमति रानालाई सदस्य पदमा नियुक्त गरिएको छ ।समिति सदस्यलाई नियुक्ति पत्र दिदै नेपाल रानाथारु समाजका अध्यक्ष कमल सिह रानाले बधाई दिए । समितिको निर्णयले समुदायमा एकरुपता आउने बिश्वास रहेको बताए ।

तोयानाथको पात्रोलाई अधार बनाई रानाथारुले मनाउने पर्वको बारेमा अध्यन गरि सुझाव संकलन गर्ने र साेहि अनुसार वि.स. २०८२सालकाे क्यालेण्डर निर्माण गरिने संयोजक तिर्थराज रानाले बताए । यसका लागि चाडपर्वलाई दुई भागमा वाँडेका छौ एउटा राष्ट्रिय पर्व र अर्को मौलिक पर्व ।

राष्ट्रिय पर्वहरु ( होरी, दिवारी, कृष्णजन्म अष्टमी, रक्षाबन्धन) राष्ट्रिय क्यालेण्डरमा तोकिए अनुसार मनाउने र मौलिक (खख्डेहरा, चराँइ, तिज, बिनाइतवार, खिच, जस्ता) पर्वहरु बार तथा तिथी अनुसार मनाउने निर्णय गरिएको जानकारी दिए ।

सुदुरपश्मि प्रदेश सरकारलाई वि.सं. २०८२ सालको खख्डेहरा पर्वको विदाको बारेमा सिफारिस गर्ने काम पनि यसै समितिले गर्ने गनेछ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin