गोदावरी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा मिति २०८१ फागुन २६ देखि २८ गतेसम्म विभिन्न आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूमा एकीकृत प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। पालिकाले वडा नं. ६,९ र १२ मा एकएक दिन प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गरिन भएको हाे।
शिविरमा महिला तथा अन्य बिरामीहरूका लागि विभिन्न निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिनेछ। स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीका अनुसार गर्भवती महिलाहरूका लागि अल्ट्रासाउन्ड सेवा समेत उपलब्ध हुनेछ।
गोदावरी १२ मा रहेकाे कोल्मुडा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा फागुन २६ गते, गोदावरी ९ मा रहेकाे बल्मि आधारभूत स्वास्थ्य सेवा केन्द्रमा फागुन २७ गते र गोदावरी ६ काे लालपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा फागुन २८ गते शिविर सञ्चालन गरिन छ।