४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

धनगढी सभा गृह उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गरे धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण

खबर सम्बाददाता २५ फाल्गुन २०८१, आईतवार
धनगढी सभा गृह उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गरे धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण

धनगढी सभा गृह’को उद्घाटन भएकाे छ। धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँमा निर्माण गरिएको सभा गृहको प्रधानमन्त्री ओलीले आइतवार साँझ उद्घाटन गरेका हुन।

सभा गृहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा केही भएको छैन भन्नेहरूका लागि एक उदाहरण सभा गृह रहेको बताए। उनले भने,‘देश विकासको बाटोमा अगाडि बढिरहेको छ। एउटा प्रमाण यो हो। यो नै विकाश भइरहेको यो प्रमाण हो। धनगढीले एक उपहार प्राप्ता गरेको छ। योलाई सदुपयोग गर्नुहोस्। गोष्ठी, सेमिनारहरू सञ्चालन गर्नुहोस।’

साेही कार्यक्रमका बीच सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाइ, धनगढीले निर्माण गरेको सभा गृह धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ। प्रधानमन्त्री ओलीले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई सभा गृह हस्तान्तरण गर्दै उद्घाटन गरेका हुन्।

सङ्घीय सरकारले ३२ करोड २५ लाख ९७ हजारको लागतमा सभा गृह निर्माण गरेको हो। सहरी विकासले २०७५ माघ २ गते सभा हल निर्माणका लागि सम्झौता गरेको थियो। निर्माण कम्पनीले २०७९ असार २४ गते ‘धनगढी सभा गृह’ सहरी विकासलाई हस्तान्तरण गरेको हो।

सभा गृह (सिटी हल) बिकेवाई एमके रोयल जेबीले निर्माण गरेको हो। धनगढी उपमहानगरपालिका-८ मा एक बिघा क्षेत्रफलमा सभा गृह निर्माणगरिएको छ। सभा गृहको मुख्य हलमा सात सय ५३ जनाको क्षमता रहेको छ। दोस्रो तालिम हलमा दुई सय १० जनाको क्षमता रहेको छ। सभा गृहमा ४६ वटा कारहरू र ९८ वटा मोटरसाइकल एक साथ प्राकिङ्ग गर्न सकिने छन्। विशिष्ट व्यक्तिका लागि खाना खाने ठाउँ पनि सभा गृहमा निर्माण गरिएको छ। सभा गृह भित्रै प्रशासनिक कक्ष, चेन्जिङ रुम, विशिष्ट कक्षको व्यवस्था रहेको हो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin