४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

प्रदेश निजामति सेवाले थारुहरुलाई ठूलो अन्याय गरेको थारू–रानाथारू आन्दोलन परिचालन समितिको आरोप

खबर सम्बाददाता २५ फाल्गुन २०८१, आईतवार
प्रदेश निजामति सेवाले थारुहरुलाई ठूलो अन्याय गरेको थारू–रानाथारू आन्दोलन परिचालन समितिको आरोप

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश निजामति सेवा ऐन (पहिलो संशोधन) २०८० ले थारुहरुलाई ठूलो अन्याय गरेको थारू–रानाथारू आन्दोलन परिचालन समितिको आरोप छ ।

थारू–रानाथारू आन्दोलन परिचालन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो पट्टी देखाउदै एलएन चोकसम्म विरोध र्याली निकालेको थियो । र्यालीको कोण सभालाई सम्बोधन गर्दै आन्दोलन समितिको संयोजक सानु चौधरीले सुदरपश्चिम प्रदेश सरकारले थारुहरुलाई देशको नागरिक हुन् भनेर स्वीकार नगरेको आरोप लाईन् ।

उनले भनिन् ‘प्रधानमन्त्री धनगढी पुग्दा के थारुहरु धनगढीको सडकमा हिड्न पनि पाउँदैनन्, के यो देश थारुहरुको होईन ? हामी शान्तीपूर्ण आन्दोलन गर्दैछौं, कसैको खल्तीबाट अधिकार मागेका होईनौं, कसैको सम्पत्तिपनि मागेका होईनौं ।’

प्रदेश सरकारले सबै जातजातीहरुलाई जनसंख्याको आधारमा अधिकार दियो तर थारुहरुलाई अपहेलना गर्यो यो सरकारले हामीलाई व्यवास्था गरेको हो । यदि यो ऐन सशंसोधन भएन भने सडक र सडन दुबै तताउने चौधरीको चेतावनी थियो । कोणसभामा रानाथारु, थारु अगुवा लगायतले सम्बोधन गरेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin