४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

प्रधानमन्त्री ओली लाई नेपाल रानाथारु समाजकाे पाँच बुँदे ज्ञापनपत्र

खबर सम्बाददाता २५ फाल्गुन २०८१, आईतवार
प्रधानमन्त्री ओली लाई नेपाल रानाथारु समाजकाे पाँच बुँदे ज्ञापनपत्र

धनगढी । सुदुरपश्चिम प्रदेशको भ्रमणको क्रममा धनगढी सभाहलको उदघाटन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओली लाई पाँच बुँदे माग सहितको ज्ञापनपत्र बुझाइको छ । नेपाल रानाथारू समाजका अध्यक्ष कमल सिं रानाले प्रधानमन्त्री ओलिलाई रानाथारू समुदायका तर्फबाट ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापनपत्रमा नेपाल रानाथारु समाज द्वारा गरिएका मागहरु
१) रानाथारु परिषद निर्माण गरिदिनु पर्ने ।
२) धनगढी १३ राजपुर र कञ्चनपुरमा रहेको रानाथारु संग्रहलय संचालनकालागि बजेट व्यवस्थापन गरिदिनु पर्ने ।
३) लालझाडी र सुक्लाफाँटामा हुने जंगली जनावरबाट हुने आतंकको नियन्त्रण गर्न पहल कदमी गरिदिनु पर्ने ।
४) बर्षौ देखि ओझेलमा परेको धनगढी भुइयाँघाट जुगेडा सडक निर्माण गरिदिनु पर्ने ।
५) कञ्चनपुर दोदा नदिमा तटबन्धको लागि पहल कदमी गरिदिनु पर्ने ।

यसै बीच रानाथारू सामुदायकाे भाषा र जातिकाे पहिचान तथा सुचिकरण गरेकाे भनेर प्रधानमन्त्री केपिशर्मा ओलिलाई अध्यक्ष रानाले धन्यवाद ज्ञापन गरेका छन । समाजका केन्द्रिय अध्यक्ष कमल सिंह राना , रानाथारु समाजका पुर्व अध्यक्ष तथा संविधान सभा सदस्य माननीय कृपाराम राना सहित संस्थाका पदाधिकारीहरु , धनगढी गाउँ, वेला गाउँ र देवहरिया गाउँका झाँकी टोली सहितकाे टाेलीले प्रधानमन्त्री ज्युलाई मायाको चिनो स्वरुप रानाथारुको परम्परागत सिपले बनेको डलबा उपहार दिए ।

सुदुरपश्ञ्चिम भ्रमणको क्रममा प्रधानमन्त्री सुदुरपश्ञ्चिम विश्वविद्यालयको दिक्षान्त समारोह, सुदुरपश्ञ्चिम प्रदेश सभा सम्बोधन, धनगढी सभाहलको उदघाटन र नेपाल रानाथारु समाजको स्वागत कार्यक्रममा सहभागि भएका थिए।

सोहि क्रममा

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin