छैठाैं राष्ट्रिय कठरिया हाेरी महाेत्सवकाे तयारी पूरा भएको छ । कठरिया समाज नेपालकाे आयोजनामा हुने हाेरी महाेत्सव यस पाली फागुन २८ गते जानकी गाउँपालिकाकाे वडा नं. ४ मुनुवामा हुने , यसकाे सम्पूर्ण तयारी भएकाे हाे ।
महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले गर्नुहुने अध्यक्ष कठरियाले जानकारी दिनुभयो ।
कठरियाथारु समुदायकाे कला, संस्कृति लोप हु्दै गएकाले यसकाे संरक्षण गर्नका लागि कठरिया साँस्कृतिक होरी महोत्सवकाेआयोजना भैरहेकाे समाजका अध्यक्ष दुखीराम कठरियाले बताए ।
होरी महोत्सवमा तपा गाउँ की आधुनिक होरि,मुनुवा, लक्कड गाउँ को -बन्ना नाच/भगतुवा नाच,लौसा पबेरा,डहरविरिया, सिमरि गाउँको कलाकार होरि,चररा, सिसैया गाउँको मिचुवा होरि,तपा गाउँको आधुनिक कलाकार होरि, राष्ट्रिय गायक रमेश मिसन,राम कुमार कठरिया लगायतको राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति देखाइनेछ ।
कैलालीकाे कैलारी ,जोशीपुर, जानकी, बर्दगोरिया गाउँपालिका, भजनी, घोडाघोडी, टीकापुर, गौरीगंगा, लम्कीचुहा नगरपालिकाकाे विभिन्न ठाउँमा कठरियाथारु समुदायक बसोबास रहेकाे छ ।