४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

नेपाल कमर्सियल आर्टिष्ट संघ कञ्चनपुर द्वारा निःशुल्क जनचेतनामूलक भित्तेलेखन

खबर सम्बाददाता २७ फाल्गुन २०८१, मंगलवार
नेपाल कमर्सियल आर्टिष्ट संघ कञ्चनपुर द्वारा निःशुल्क  जनचेतनामूलक भित्तेलेखन

नेपाल कमर्सियल आर्टिष्ट संघ कञ्चनपुर जिल्ला कार्य समितिले निःशुल्क जनचेतनामूलक भित्तेलेखन गरेकाे छ । सिमितले मार्च ११ मा पर्ने अरनिको स्मृति दिवस को उपलक्ष्यमा डोटी जिल्लाकाे पूर्वी चौकी गाउँपालिका ४ ,का साना गाउँ, साँझघाट, अछाम र डोटीको सीमामा पर्ने चौखुट्टे बजार तथा कञ्चनपुरको बेलौरी नगरपालिका स्थित अस्थायी ट्राफिक प्रहरी पोस्ट र बेलौरी नगरपालिका मा पर्ने शोभा तालका विभिन्न स्थानहरूमा लागूऔषध दुर्वेशन नियन्त्रण सम्बन्धी जनचेतनामूलक भित्तेलेखनहरू निःशुल्क गरेकाे हाे।

प्रत्येक वर्ष मार्च ११ मा केही न केही सामाजिक कार्य गर्दै आएको नेपाल कमर्सियल आर्टिष्ट संघ कञ्चनपुर जिल्ला कार्यसमितिका अध्यक्ष दिनेश बिकले बताए ।

नेपाल कमर्सियल आर्टिष्ट संघका कञ्चनपुर जिल्ला अध्यक्ष दिनेश बिक, कृष्णपुर पालिका प्रमुख अमरसिंह चौधरी , बेलौरी पालिका प्रमुख तुलसीराम चौधरी, कञ्चनपुर जिल्ला सदस्य प्रकाशराम तिरुवा, जगन्नाथ राना , सहसचिव कृपाल चौधरी र बेलौरी पालिका सदस्य गजेन्द्र राना सहितकाे समुहले निःशुल्क जनचेतनामूलक भित्तेलेखन गरेकाे हाे ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin