३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

कंचनपुरको कृष्णपुरमा बहुप्राविधिक शिक्षालयका लागि त्रिपक्षीय सम्झौता

खबर सम्बाददाता २८ फाल्गुन २०८१, बुधबार
कंचनपुरको कृष्णपुरमा बहुप्राविधिक शिक्षालयका लागि त्रिपक्षीय सम्झौता

कृष्णपुर नगरपालिका वडा न.७ को परिसरमा स्थापना हुने बहुप्राविधिक शिक्षालयका लागि त्रिपक्षीय सम्झौता भएको छ । बुधबार नगरप्रमुख हेमराज ओझा, कोइका र सिटिइभिटिका प्रतिनिधि बिच प्रारम्भिक सम्झौता भएको हो । 

लामो समयको छलफल पश्चात कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी (KOICA), कृष्णपुर नगरपालिका र CTEVT बीच भएको यस सम्झौताले सुदूरपश्चिम प्रदेशमा एक बहुप्राविधिक शिक्षालय (Polytechnic Institute) स्थापनाका लागि सहकार्य सुनिश्चित गरेको छ । यो परियोजनाले प्रदेशमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ । 

यस परियोजनाले सुदूरपश्चिम प्रदेशमा प्राविधिक शिक्षाको गुणस्तर वृद्धिको लक्ष्य राखेको छ । डिप्लोमा तथा पूर्व-डिप्लोमा तहका कार्यक्रमहरू (अटोमोबाइल तथा इलेक्ट्रिकल इन्जिनियरिङ) साथै छोटो अवधिका व्यवसायिक तालिमहरू (टेलरिङ र ब्युटिसियन प्रशिक्षण) सञ्चालन गरिने छन् ।

यस सम्झौता मार्फत आधुनिक पूर्वाधार, दक्ष जनशक्ति र रोजगारमुखी शिक्षा प्रणालीको स्थापना गर्दै यस क्षेत्रको समग्र प्राविधिक शिक्षा र रोजगारीका अवसरहरू विस्तार गर्ने लक्ष्य राखिएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin