छैठौं राष्ट्रिय कठरिया होरी महोत्सव भब्यताका साथ सम्पन्न भएको छ।
कठरिया समाज नेपालकाे आयोजनामा भएको हाेरी महाेत्सव फागुन २८ गते (आज ) सम्पन्न भएको हो।
कार्यक्रमका सभाध्यक्ष कठरिया समाज नेपालका अध्यक्ष दुखीराम कठरिया रहेका थिए भने, प्रमुख अतिथि पूर्व मन्त्री कैलाश चौधरी रहेका थिए। यसैगरि कठरिया समाजकी उपाध्यक्ष गीता कठरियाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन। यस्तै मान बहादुर कठरिया र जानकी गाउँपलिका उपाध्यक्ष -लालमति रावत कठरियाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

होरी महोत्सवमा तपा गाउँकोआधुनिक होरि,मुनुवा, लक्कड गाउँ को -बन्ना नाच/भगतुवा नाच,लौसा पबेरा,डहरविरिया, सिमरि गाउँको कलाकार होरि,चररा, सिसैया गाउँको मिचुवा होरि,तपा गाउँको आधुनिक कलाकार होरि, राष्ट्रिय गायक रमेश मिसन,राम कुमार कठरिया लगायतको राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति रहेको थियो ।

कठरीया समाज नेपालले पूर्व मन्त्री कैलाश चौधरीलाई उक्त कार्यक्रममा ज्ञानपनपत्र बुझाएका छन । जसमा निम्नलिखित माग रहेका छन :
१. अर्धनिर्मित कठरिया संग्राहलय निर्माणकाे लागि अवश्यक बजेट ब्यवस्थापन गरि दिनहुन हार्दिक अनुराेध गर्दछाैं । सुदुर पश्चिम प्रदेश सरकारकाे आर्थिक सहियाेगमा कैलारी गाउँपालिका वडा नं.-८ स्थित लाैसा गाउँमा निर्माणकाे प्रक्रियामा रहेकाे कठरिया संग्राहलयलाई पुर्ण रुपमा निर्माण सम्पन्न गर्नकाे लागि अवश्यक आर्थिक बजेट ब्यवस्थापन गरि दिनहुन माननीय मुख्यमन्त्री ज्यु लाई हार्दिक अनुराेध गर्दछाैं ।
२. बहुउद्देश्य प्रयाेजनकाे लागि सभाहल निरमाणकाे लागि पहल गरिदिन हुन हार्दिक अनुराेध गर्दछाैं । सिप मुलक तालिम, सभा समाराेह लगायत विभिन्न प्रायाेजनकाे लागि कैलाली जिल्ला भित्र कठरिया गाउँमा एउटा सभाहल निर्माणकाे लागि अवश्यक आर्थिक बजेट ब्यवस्थापन गरिदिन हुन माननीय मुख्यमन्त्री ज्युलाई हार्दिक अनुराेध गर्दछाैं ।
३. कठरिया समुदायमा बजाइने परम्परागत माैलिक बाजाहरु संरक्षण गर्न अवश्यक कार्यक्रम माैलिक बाजा बनाउने तथा बजाउने सीप मुलक तालिमहरु संचालन गर्न अवश्यक आर्थिक बजेट ब्यवस्थापन गरिदिन हुन माननीय मुख्यमन्त्री ज्युलाई हार्दिक अनुराेध गर्दछाैं ।
४. बाहिरी प्रभाव लगायत विभिन्न कारणले कठरिया भाषा लाेप हुने अवस्थामा पुगेकाे छ । तसर्थ कठरिया भाषा बचाउन यस समुदायकाे जाती तथा भाषालाई सुचिकृतकाे लागिअवश्यक पहल गरिदिन हुन माननीय मुख्यमन्त्री ज्युलाई हार्दिक अनुराेध गर्दछाैं ।
५. प्रादेशिक सरकारकाे रेडियाे नेपाल सुदुर पश्चिम क्षेत्रिय प्रसारण मा कठरिया भाषामा कार्यक्रम तथा समाचार प्रसारणकाे ब्यवस्था मिलाइ दिन हुन माननीय मुख्यमन्त्री ज्युलाई हार्दिक अनुराेध गर्दछाैं ।
पूर्व मन्त्री कैलाशले आरक्षणको मुद्दामा प्रदेश सरकार गम्भीर नरहेको,थारु जातिहरूको प्रतिनिधत्व सहि रूपमा नगरेको तथा प्रदेशमा जनसंख्या अनुसार थारु जनप्रतिनिधि तथा विभागमा उचित स्थान नदिएको र देशमा रहेका ठूला दलहरु नै संघियता लागू गर्ने प्रति गम्भीर नरहेकाले संघियता संकटमा रहेको कुरा प्रष्ट पार्नु भयो । त्यसैले सबै थारुहरु एकजुट भै समानुपातिक प्रतिनिधित्व गर्न संघर्ष गर्नुपर्ने बताउनु भयो,साथै कठरियाहरुकाे माग मुद्दा मुख्यमंत्री ज्युलाई बुझाउने कुरा भन्नु भएको छ।

त्यसैगरी कठरिया समाज नेपालका अध्यक्ष दुखी राम कठरिया प्रदेश र संघले हामीलाई समेत तल्लो दर्जामा राखेको र हामीहरूको माग कहिले पनि नसुनेको गुनासो गर्नुभयो ।