धनगढी उपमहानगरपालिका वडा नं १६ घसिटा मा धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा महिला पुनर्स्थापना केन्द्र (WOREC) सँगको सहकार्यमा एकिकृत महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
महिलाहरुको आङ खस्ने (पाठेघर खसेको) समस्याको पहिचान, रिंगपेसरी सेवा एवं यौनजन्य संक्रमणको लाक्षणिक उपचार सेवा र बच्चा पाईसकेका विवाहित तथा प्रौढ उमेरका महिलाहरु प्रजनन् स्वास्थ्य समस्या भएका किशोरीहरु का लागी एकिकृत महिला स्वास्थ्य शिविर गरिएको हो ।

उक्त शिबिरमा १५६ जना महिला तथा किशोरीहरुलाई लैंगिक हिंसा, महिला तथा किशोरीहरुको प्रजनन स्वास्थ्यका कारण, उपचार, घरेलु जडिबुटीको प्रयोग लगायत बिषयमा अभिमुखीकरण र महिलाले आफ्नो समस्या खुलेर राख्ने सक्ने वातावरण तयार गर्न तथा महिलाहरुको प्रजनन स्वास्थ्य समस्याका कारणहरुको बिष्लेषण गर्ने उदेश्यले मनोबिमर्श कर्ताहरु बाट सयपत्रि कुराकानी गरिएको छ भने ९९ जना को पाठेघरको मुखको क्यान्सरको जाँच, महिला स्त्री रोग बिशेषज्ञ द्वारा निःशुल्क जाँच, परामर्श र समस्या अनुसारको नि:शुल्क औषधी, १० जना पाठेघर खसेका महिलाहरु मध्ये ६ जनामा रिङ्ग पेसरी राखिएको र २० जना को STI र ३ जना polyp सम्बन्धि समस्याको ब्यबस्थापन गरिएको छ ।

कार्यक्रमको उद्घघाटन धनगढी उपमहानगरपालिका वडा नं १६ को वडा अध्यक्ष रामलाल चौधरी ज्यु ले गर्नु भएको थियो। महिला स्वास्थ्य शिविर सफल पार्न सहयोग गर्नु हुने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयं सेविका हरु, महिला भल्मन्सा, मनोविमर्श कर्ता आदि को सहभागिता थियो ।