३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

कञ्चनपुरमा खैरो हेरोइनसहित ५ जना पक्राउ

खबर सम्बाददाता २९ फाल्गुन २०८१, बिहीबार
कञ्चनपुरमा खैरो हेरोइनसहित ५ जना पक्राउ

कञ्चनपुरबाट खैरो हेरोइनसहित ५ जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–६ बनगाउँ चौक ऐसी होटेल अगाडीबाट सोही ठाउँ बस्ने २० वर्षीय दिवस चन्द, भीमदत्त नगरपालिका–१८ बस्ने नरेश बम र बमकी श्रीमती हिरा बमसहित ३ जना पक्राउ परेका छन्। १ दशमलव ५३ ग्राम खैरो हेरोइनसहित तिनै जनालाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यसैगरी लालझाडी गाउँपालिका–३ बल्मीबाट सोही ठाउँ बस्ने २२ वर्षीय मिलन राना र लालझाडी गाउँपालिका–२ कञ्ज बस्ने २७ वर्षीय पुरन राना पक्राउ परेका छन्। यी दुबै जनालाई शुन्य दशमलव ८६ ग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin