झलारी मा न्यायका लागि चक्काजाम
बलात्कार पछि बैतडीमा हत्या गरिएकि भागरथी भट्टको न्यायका लागि नेपाल विद्यार्थी संघ इकाइ कमिटी ले झालारी बजार केही बेर चक्काजाम गरेको छ ।
कंचनपुरकि निर्मला हत्या प्रकरण जस्तै बलात्कार पछि हत्या गरिएकी भागरथी भट्टको हाल सम्मै अपराधी पत्ता लागेको छैन मृतकको न्यायको लागि देश भरी नै सो घटनाको ब्यापक बिरोध भैरहेको छ । श्री कृष्ण बैजनाथ बहुमुखी क्याम्पस, झलारी नेबिसं इकाइ कमिटी द्वारा सरकार विरुद्ध नाराबाजि सहित केही बेर सडक जाम गरिएको थियो ।
