३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

लालझाडी गाउँपालिकाले अवलोकन भ्रमणका लागि पठायाे ७० जना जेष्ठ नागरिक

खबर सम्बाददाता १२ चैत्र २०८१, बुधबार
लालझाडी गाउँपालिकाले अवलोकन भ्रमणका लागि पठायाे ७० जना जेष्ठ नागरिक

लालझाडी गाउँपालिकाले जेष्ठ नागरिकलाई अवलोकन भ्रमणका लागि लुम्बिनी तथा जानकी मन्दिर भ्रमणमा पठाएको छ । पालिकाले आफ्ना ७० जना जेष्ठ नागरिकलाई अवलोकन भ्रमण कार्यक्रम अन्तर्गत आज ५ दिनका लागि तिर्थ तथा अवलोकन भ्रमणमा पठाएको हो ।

लालझाडी गाउँपालिकाले शहकारी शाखा प्रमुख प्रभुराज जोशी ज्यू को नेतृत्वमा १ जना स्वास्थ्यक्रमी ,३ जना खाना व्यवस्थापक तिर्थ यात्रीका लागी व्यवस्थापन गरि पठाएको लालझाडी गाउँपालिका प्रमुख निर्मल रानाले बताए ।

पालिका का अध्यक्ष निर्मल राना ,उपाध्यक्ष सपना चौधरी राना, वार्ड न ५ को वार्ड अध्यक्ष पहल ब थापाले यात्रा सफल र शुभ होस शुभकामना सहित तिर्थयात्री तथा जेष्ठ नागरिकहरुलाई टीका र खादा लगाइ एक कार्यक्रमका बीच बिदाइ गरेको छ । कार्यक्रममा पालिकाका क्रमचारी, स्थानीय समासेवी तथा स्वयम् सेबिका लगायतको उपस्थिति रहेको थियो।

गत वर्ष लालझाडी गाउँपालिकाले जेष्ठ नागरिकलाई पशुपतिनाथको तिर्थ यात्रा तथा अवलोकन गराएको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin