कञ्चनपुरको पुनर्वासबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
जिल्लाको पुनर्वास नगरपालिका-१ ढक्काबाट लालझाडी गाउँपालिका-३ का २३ वर्षीय फूलराम चौधरी पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलीले उनलाई शून्य दशमलव ६० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको हो ।