३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

कञ्चनपुरको बेलौरीमा गहुँको खेतमा देखियो बाघ, स्थानीय त्रसीत

खबर सम्बाददाता १५ चैत्र २०८१, शनिबार
कञ्चनपुरको बेलौरीमा गहुँको खेतमा देखियो बाघ, स्थानीय त्रसीत

कञ्चनपुरको बेलौरी नगरपालिका–२ टेडुवामा बाघ देखिएपछि स्थानीय त्रसित भएका छन् ।

गहुँबारीमा शनिबार बिहानै बाघ देखिएको हो । इलाका वन कार्यालय कुण्डाका वन अधिकृत दिनेश यादवका अनुसार गुहँबारीमा देखिएको बाघ वयस्क छ । वनको टोलीसंँगै सुरक्षाकर्मीको टोली बाघ देखिएको स्थानमा पुगेका थिए। बाघलाई नियन्त्रणमा लिनका लागि पनि माथिल्लो निकायमा जानकारी गराइ सकेको वन अधिकृत यादवले बताए, साथै स्थानीय बासिन्दालाई सजगता अपनाउन आग्रह गरे ।

दुई वर्षअघि बेलौरी नगरपालिकामै बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो । उक्त बाघ नियन्त्रणमा लिएर काठमाडौं चिडियाखानामा राखिएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin