३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

कञ्चनपुरमा गाउँ पसेको बाघ नियन्त्रणमा

खबर सम्बाददाता १६ चैत्र २०८१, आईतवार
कञ्चनपुरमा गाउँ पसेको बाघ नियन्त्रणमा

कञ्चनपुरको बेलौरी नगरपालिका–२ स्थित टेंढुवा गाउँ पसेको पाटेबाघलाई नियन्त्रणमा लिइएको छ।

वनकर्मीसहित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकति संरक्षणको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिएको हो। शुक्रवार राति टेंढुवा गाउँ पसेर बाघले एक स्थानीयको बाच्छोलाई मारेको थियो। शनिवार गहुँबारीमा बसेको बाघ आज बिहान त्यसमा देखिएको थिएन।

शनिवार बसेको स्थानभन्दा केही पर गहुँमै फेला पारेर आज दिउँसो बाघलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरले बताए। “बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिइसकेका छौं”, उनले भने।गाउँ पसेको बाघ नियन्त्रणका लागि वनकर्मीसहित सुरक्षाकर्मीको टोलीले रातभरि पहरा दिएका थिए। नियन्त्रण गरिएको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पठाइने ठाकुरले जानकारी दिए। गाउँमा बाघ पसेपछि स्थानीय त्रसित बनेका थिए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin