कैलालीको गोदावरी नगरपालिका वडा नं ६ स्थित भुइहरामा ६ नं वडा कार्यालयको आयोजना मा रानाथारु होली कार्यक्रम चैत १७ गते ६ नं वडाका वडा अध्यक्ष जग्गुराम चौधरीको सभाध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाकी उप-प्रमुख शारदा देवी रोकाया लगायत ६ नं वडा सदस्य , भलमन्सा , समाजसेवी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।


कार्यक्रममा रानाथारु समुदायको मौलिक संस्कृति झल्काउने बडेहा गाउँ र भुइहरा गाउँको होरी नृत्य र थारु समुदायको नाचहरु प्रस्तुत गरिएको थियो। राष्ट्रिय कलाकार गायक रामदेव रानाको विशेष प्रस्तुति रहेको कार्यक्रममा वडावासीको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रम संचालन वडा सदस्य कल्पना चौधरी रानाले गरेकी हुन ।

रानाथारु संस्कृतिको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको उल्लेख गर्दै यस्ता सांस्कृतिक कार्यक्रमहरूले समुदायको पहिचान जोगाउन मद्दत गर्ने बताए भनेर प्रमुख अतिथी गोदावरी नगरपालिकाकी उप-प्रमुख शारदा देवी रोकायाले मन्तव्य व्यक्त गरेकी हुन ।

कार्यक्रम समापनका क्रममा वडा अध्यक्ष चौधरीले वडाको विभिन्न विकास निर्माणको कामहरुमा तपाईहरुले मुल्यांकन गर्नुहोला भनेका हुन । सहभागी तथा आयोजक टोल विकास संस्थालाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन ।