५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

बेलौरी ७ मा नि: शुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न ,४१० जनाले लिए सेवा

खबर सम्बाददाता २२ चैत्र २०८१, शनिबार
बेलौरी ७ मा नि: शुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न ,४१० जनाले लिए सेवा


बेलौरी नगरपालिका वडा नं ७ मा संजिवनी अस्पताल, धनगढीको आयोजनामा तथा वडा नं ७ कार्यालयको समन्वयमा एक दिवसीय नि: शुल्क बृहत स्वास्थ्य शिविर सफलतापूर्वक बेलौरी ७ का वडा अध्यक्ष प्रकाश श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न भएको छ।

शिविरमा कुल ४१० जना सेवाग्राहीहरूले विभिन्न स्वास्थ्य सेवाहरू प्राप्त गरे । सेवामा स्त्री रोग, हाडजोर्नी तथा नशा रोग, जनरल ल्याप्रोस्कोपी सर्जन, जनरल फिजिसियन, र नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टरहरूले उपचार सेवा दिएका हुन ।


कार्यक्रममा प्रमुख अतिथी बेलौरी नगरपालिकाका नगर उप-प्रमुख जोगराम चौधरी , विशिष्ट अतिथी महाकाली बहुमुखी क्याम्पसका अध्यक्ष हरेन्द्र विष्ट , कुण्डा सव-डिभिजनका प्रमुख दिनेश यादव ,धनगढी संजिवनी अस्पतालका विशेषज्ञ डाक्टरहरु , विभिन्न संघ संस्थाका प्रतिनिधिहरु स्वास्थ्यकर्मी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

स्थापनाकालदेखी नै हामीले ग्रामीण भेगमा नि: शुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आईरहेका छौ र यसले स्थानीय जनतामा स्वास्थ्य सेवाको पहुँच बढाउने महत्वपूर्ण कदम भएको देखिन्छ भनेर धनगढी संजिवनी अस्पतालका डाक्टर शंकर अधिकारीले बताएका हुन।

अन्य कार्यहरु हुने नै छन तर नगरबासी शारीरिक स्वस्थ्य हुन पनि आवश्यक छ । बेलौरीमा हामी स्वास्थ्य क्षेत्रमा पछाडि परेका छौ विशेषज्ञ डाक्टरहरु पनि राख्न नसकेको बताए । यस किसिमका शिविरहरूले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने र जनताको स्वास्थ्यमा सुधार ल्याउने दिशा तर्फ उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको भनेर प्रमुख अतिथि बेलौरी नगरपालिकाका उप-प्रमुख जोगराम चौधरीले बताए ।

यो स्वास्थ्य शिविर गरिब बिपन्न घरपरिवारका जनताहरुलाई मध्यनजर गरेर आयोजना गरेको र बेलौरी नगरपालिकाको विभिन्न वडाबाट आज नि:शुल्क स्वास्थ्य शिविरमा नगरबासिले खुसिका साथ सेवा लिइरहेका छन । उक्त शिविरमा ४१० जना सेवाग्राहीले विभिन्न विशेषज्ञ डाक्टरहरुद्वारा सेवा लिएका छन । यस किसिमका शिविरहरूले ग्रामीण क्षेत्रका जनतामा स्वास्थ्य सचेतना फैलाउने र सुलभ उपचारको पहुँच प्रदान गर्नेमा सहयोग पुग्ने भनेर बेलौरी-७ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले बताएका हुन ।

उक्त स्वास्थ्य शिविरबाट स्थानीयहरु अत्यन्त खुसी व्यक्त गरेका हुन । औपचारिक कार्यक्रम शिक्षक तेज बहादुर चन्दले संचालन गरेका हुन

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin