६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

धनगढीको स्वस्तिक अस्पताल १५ शैयाबाट १०० शैयामा विस्तार

खबर सम्बाददाता २३ चैत्र २०८१, आईतवार
धनगढीको स्वस्तिक अस्पताल १५ शैयाबाट १०० शैयामा विस्तार



धनगढी स्थित स्वस्तिक अस्पताल नयाँ व्यवस्थापन १५ सैयाबाट सहित १०० शैयामा विस्तार भएकाे छ। अस्पतालले अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको व्यवस्थामार्फत सुदूरपश्चिमका सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यका साथ १०० शैयामा बिस्तार भएकाे अस्पतालका सञ्चालक दिपेन्द्र प्रशाद तिवारीले बताए ।

अस्पतालमा २४ घण्टा आपत्कालीन सेवा, जनरल मेडिसिन, महिला तथा प्रसूति रोग, हाडजोनी, मेरुदण्ड तथा नशा, छाला तथा सौन्दर्य, मुटु, रेडियोलोजी, नाक-कान-घाँटी, डेन्टल केयर, फिजियोथेरापी, प्रयोगशाला, एक्स–रे, अल्ट्रासाउण्ड, जनरल तथा ल्याप्रोस्कोपी सर्जरी, युरो सर्जरी र न्युरो सर्जरी सेवा उपलब्ध रहेकाे उनले बताए ।

स्वस्तिक अस्पतालमा अत्याधुनिक शल्यक्रिया कक्ष, आईसीयू, एनआईसीयू र प्रसूति कक्षको व्यवस्था गरिएको छ। गुणस्तरीय औषधिसहित फार्मेसी सेवा, हरेक मौसमअनुसार वातानुकूलन प्रणाली र आधुनिक एम्बुलेन्सको सुविधा पनि उपलब्ध रहेको अस्पतालका सुचना अधिकारी तिर्थ राज कलाैनी बताएका हुन ।

सुदूरपश्चिम प्रदेशकै पहिलो मोडुलर अपरेशन थियटर (ओटी) स्थापना गरिएको छ, जुन ९९ प्रतिशतसम्म संक्रमणरहित हुने बताइएको छ। यसका साथै, अस्पतालले निःसन्तान दम्पतीका लागि विगतमा सञ्चालन गरेको आईभीएफ शिविरलाई स्थायी आईभीएफ केन्द्रका रूपमा विस्तार गर्न लागेको सुचना अधिकारीले बताए ।

अस्पतालले चिकित्सा शिक्षालाई समेत अगाडि बढाउने उद्देश्य राखेको छ। निकट भविष्यमा विभिन्न विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सँग सम्बन्धन लिएर नर्सिङसहित विभिन्न कोर्सहरू सञ्चालन गर्ने समेत तयारी गरिरहेको छ।

स्वस्तिक अस्पताललाई सुदूरपश्चिमको स्वास्थ्य सेवा र शिक्षाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। साथै, आमा सुरक्षा कार्यक्रम, निःशुल्क स्वास्थ्य बीमा, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा आबद्ध व्यक्तिहरूका लागि विशेष सेवा योजना ल्याउने तयारीसमेत गरिएको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण क्षेत्रमा विशेषज्ञ चिकित्सकको टोलीसहित सञ्चालन हुँदै आएको निःशुल्क स्वास्थ्य शिविरलाई थप प्रभावकारी बनाउने योजना अस्पतालले अघि सारेको छ।

“रोग पहिचान, उपचार र निगरानी प्रक्रियालाई अझ सहज र सहुलियतपूर्ण बनाउँदै, बिरामी, चिकित्सक र संस्थाबीचको सम्बन्ध सुदृढ बनाउने हाम्रो उद्देश्य हो,” अस्पतालका प्रतिनिधिले बताएका छन्। भारतमा उपचारका लागि जानुपर्ने बाध्यता अन्त्य गर्न स्वस्तिक अस्पतालको विस्तारले उल्लेखनीय योगदान गर्ने विश्वास अस्पताल प्रशासनले व्यक्त गरेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin