कोशिश कैलालीको आयोजनामा तथा धनगढी उप-महानगरपालिका–१३ नं वडा कार्यालयको सहकार्यमा मनोसामाजिक अपाङ्गता सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम १३ नं वडाका कार्यवाहक वडा अध्यक्ष हिरालाल रानाको प्रमुख आतिथ्यतामा र संस्थाका अध्यक्ष मनोज चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको हो।


कार्यक्रमको उद्देश्य समाजमा मनोसामाजिक अपाङ्गता प्रति चेतना अभिवृद्धि गर्नु, अपाङ्गता भएका व्यक्तिहरूप्रति सकारात्मक सोच विकास गर्नु र उनीहरूलाई सम्मानजनक जीवनयापन गर्न आवश्यक सहयोग प्रदान गर्नु रहेको छ ।
कार्यक्रममा मनोसामाजिक अपाङ्गता सम्बन्धि जानकारी तथा सचेतनामूलक स्लाइड डा. सुशील चटौतले प्रस्तुत गरेका थिए।
समाजमा हुने चुनौतीहरू:
मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूले अझै पनि हाम्रो समाजमा अनेकौं चुनौतीहरू भोगिरहेका छन्, जस्तै:
मानसिक स्वास्थ्यको विषयमा व्यापक भ्रम र पूर्वाग्रह
सामाजिक तिरस्कार, बहिष्कार तथा हेला
रोजगार, शिक्षा र स्वास्थ्य सेवामा पहुँचको अभाव
आत्मबलको कमी र आत्महत्या जस्ता जोखिमपूर्ण अवस्थाहरू
सकारात्मक सोच र समावेशी वातावरण आवश्यक:
कार्यक्रमका वक्ताहरूले बताएअनुसार मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरू पनि अरू सबैजस्तै क्षमतावान छन्, यदि उनीहरूलाई आवश्यक सहयोग, सम्मान र अवसर प्राप्त भयो भने।
त्यसैले यस्ता कार्यक्रमहरूबाट समाजमा सकारात्मक सन्देश प्रवाह हुने, गलत धारणा तोडिने र सबैको समान सहभागिता सुनिश्चित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।


कार्यक्रममा प्रमुख अतिथी धनगढी-१३ का कार्यवाहक वडा अध्यक्ष हिरालाल रानाले वडामा मनोसामाजिक आपाङ्गताको बारेमा जानकारी भएको छ । यो कार्यक्रमले वडामा चेतना बढ्ने छ । यस्ता कार्यक्रमलाई अगामी बजेटमा पनि माग अनुसार चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीयस्तरमा थप प्रभावकारी पहल गरिने प्रतिबद्धता जनाएका हुन।


कोशिश नेपालका प्रतिनिधि सिताराम चौधरीका अनुसार नकारात्मक सोचलाई छोडेर सकारात्मक सोच ल्याउनु पर्दछ । २०२२ देखि घरघरमा गएर मनोसामाजिक आपाङ्गता रहेको स्विकार्नेलाई मात्र तथ्यांक संकलन गरि धनगढीमा गर्यो । अहिले ४ वर्षको अन्तरालमा३६ जनालाई कार्डको व्यवस्था गरि , मनोसामाजिक आपाङ्गता भएका व्यक्तिहरुले स्वरोजगार बनेका छन । ३ जना यस वडामा सेवा लिइरहेको बताएका हुन ।


धनगढी उप-महानगरपालिका १३ नं वडा सदस्य तथा कार्यपालिका सदस्य निशा औजि , वडा सदस्य लाल बहादुर चौधरी ,वडा सचिव अम्बादत्त जोशी , स्वास्थ्य शाखा इन्चार्ज पुर्णानन्द जोशी , स्वास्थ्यकर्मी ,भलमन्सा ,स्वास्थ्य स्वयंसेविका , सुरक्षाकर्मी लगायत वडा का अगुवाहरूको उपस्थितिमा र वडाका स्थानीयले मनोसामाजिक आपाङ्गता भएका व्यक्तिको समस्याबारे जानकारी गराएका हुन ।