५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

बेलौरी ७ मा रात्रिकालीन तेस्रो भेट्रान पुरुष भलिबल प्रतियोगि उद्घाटन

खबर सम्बाददाता २८ चैत्र २०८१, शुक्रबार
बेलौरी ७ मा  रात्रिकालीन तेस्रो भेट्रान पुरुष भलिबल प्रतियोगि उद्घाटन

कञ्चनपुरको बेलौरी नगरपालिकामा तेस्रो नगरपालिका स्तरीय भेट्रान पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । बेलौरी नगरपालिका वडा नम्बर ७ स्तरीय खेलकुद सञ्चालन समितिको आयोजनामा बिहीबार साँझदेखि प्रतियोगिता सुरु गरिएको हो । श्री गणेश माध्यमिक विद्यालय बरैयाको प्रांगणमा आयोजित प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री प्रकाश बहादुर देउवाले गर्नुभयो । त्यसक्रममा उहाँले स्थानीयस्तरमा यस्तो भव्य कार्यक्रम सञ्चालन हुनु गौरवको विषय भएको उल्लेख गर्नुभयो । पूर्वमन्त्री देउवाले खेलकुदले युवालाई सकारात्मक बाटोमा डो¥याउने हुँदा सबैले यसको प्रवर्द्धनमा हातेमालो गर्नुपर्ने धारणा राख्नुभयो । कञ्चनपुरको दक्षिणी क्षेत्रमा भन्सार नाका स्तरोन्नति तथा अन्य पूर्वाधार विकासका लागि आफू सधैं सकारात्मक रहेको उहाँको भनाइ छ ।

बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले खेलकुदलाई नगर सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै भविष्यमा थप योजना ल्याउने प्रतिबद्धता जनाउनु भयो । त्यस्तै बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरीले भलिबल प्रतियोगिताजस्ता कार्यक्रमहरू नगरको पहिचान र एकताको प्रतिक भएको उल्लेख गर्दै वडा स्तरमै यस्ता प्रतियोगिता हुनुले सम्पूर्ण नगरलाई प्रेरणा मिल्ने जनाउनु भयो । प्रदेश नीति तथा योजना आयोगका सदस्य नृप सुनारले खेलकुद विकासका लागि प्रदेशस्तरबाट पनि आवश्यक पहल भइरहेको उल्लेख गर्नुभएको छ ।

कार्यक्रमको अध्यक्षता वडाध्यक्ष तथा खेलकुद सञ्चालन समितिका संरक्षक प्रकाश श्रेष्ठले गर्नुभएको थियोे । उहाँले प्रतियोगिता सफल बनाउन वडा कार्यालयको तर्फबाट हर सम्भव सहयोग गरिएको जानकारी दिनुभयो । नेपाली काँग्रेसका क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्यायले खेलले समाजमा एकता र सद्भाव कायम गर्ने बताउनु भयो ।। उहाँले राजनीतिक दलहरूले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा मन्तव्य राख्दै गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपेन्द्र चौधरीले विद्यालयको प्रांगणमा खेलकुद गतिविधि सञ्चालन हुनु गौरवको विषय भएको बताउनु भयो । उहाँले यस किसिमका प्रतियोगिताहरू सफल पार्न सदैव तयार रहेको उल्लेख गर्नुभयो । प्रतियोगिता संयोजक तेज बहादुर चन्दले प्रतियोगिता चैत्र ३० गते रातिसम्म जारी रहने जानकारी दिनुभयो । नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा आयोजना गरिएको प्रतियोगिता रात्रिकालीन समयमा सञ्चालन भइरहेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin