५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

केएमसीको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा सन्तोष पन्त विजयी

खबर सम्बाददाता २८ चैत्र २०८१, शुक्रबार
केएमसीको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा सन्तोष पन्त विजयी

कैलाली बहुमुखी क्याम्पस (केएमसी) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा झण्डै साढे तीन दशकपछि नेपाल विद्यार्थी संघ नेवि संघले विरासत फर्काएको छ । सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको केएमसीमा भएको स्ववियु निर्वाचनमा नेविसंघ विजयी भएको हो ।

शुक्रबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार स्ववियु सभापतिमा नेविसंघका सन्तोष पन्त विजयी भएका छन् । उनले ८२७ मत पाए । पन्त वर्तमान स्ववियु सचिव पनि हुन् । उनका प्रतिस्पर्धी अखिल ९क्रान्तिकारी० का पवन सुनारले ५५८ मत पाए भने वर्तमान स्ववियु सभापतिसमेत रहेका अनेरास्ववियुका यमराज जोशीले ४२७, एकीकृत समाजवादी निकट अनेरास्ववियूले सुनिलराज जोशीले ६८ र नेविसंघकी बागी उम्मेदवार अम्बिका चौधरीले ९२ मत पाएकी छिन् ।

सचिवमा नेविसंघ र कोषाध्यक्षमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन् । स्ववियु सचिवमा नेविसंघबाट ओमप्रकाश वस्ती र कोषाध्यक्षमा धर्मराज तिमल्सिना विजयी भएका छन् । कोषाध्यक्षमा नेविसंघकी प्रमिला शाह चार मतले पराजित भइन । तीन हजार पाँच सय बढी मतदाता विद्यार्थी रहेको उक्त क्याम्पसमा २७ गते भएको मतदानमा दुई हजार ५७ मत खसेको थियो ।

३४ वर्षपछि नेविसंघले विरासत फर्कायो !

कैलाली बहुमुखी क्याम्पसमा अहिलेसम्म १४ जना स्ववियु सभापति निर्वाचित भएका छन् । त्यसमा सात जना नेविसंघ, दुई जना नेविसंघकै बागी र पाँच जना अनेरास्ववियुका छन् । सुदूरपश्चिमकै सर्वाधिक विद्यार्थी अध्ययन गर्ने कलेजका रुपमा रहेको उक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघ भने ३४ वर्षपछि विजयी भएको हो । यसअघि ०४७ सालमा भएको स्ववियु निर्वाचनमा नेविसंघका तपराज जोशी सभापतिमा निर्वाचित भएका थिए । हुन् त ०५३ र ०५५ मा भएको स्ववियु निर्वाचनमा पनि नेविसंघमै आवद्व विद्यार्थी नेता सभापतिमा निर्वाचित भएका थिए । तर, उनीहरु नेविसंघबाट टिकट नपाएपछि बागी चुनाव लडेका थिए । ०५३ सालमा नेविसंघका बागी उम्मेदवार हरि रेग्मी र ०५५ सालमा नेविसंघका बागी उम्मेदवार प्रकाश बोगटी स्ववियु सभापतिमा निर्वाचित भएका थिए ।

०४७ सालअघिका सबै निर्वाचनमा भने नेविसंघ नै विजयी भएको थियो । ०३८ सालमा नेविसंघकै धर्मबहादुर सिंह क्याम्पसको पहिलो स्ववियु सभापतिका रुपमा निर्वाचित भएका थिए । ०३९ सालमा बरबहादुर ठकुल्ला, ०४० सालमा टीकाराम खनाल, ०४१ सालमा पदम बिष्ट, ०४३ सालको मेघराज खड्का र ०४४ सालमा धर्मराज भण्डारी सभापतिमा निर्वाचित भएका थिए । उनीहरु सबै नेविसंघका उम्मेदवार थिए ।
०५१ सालमा भएको निर्वाचनमा भने पहिलोपटक अनेरास्ववियुले बाजी मारेको थियो ।

नेविसंघका प्रमोद पाठकलाई पराजित गर्दै अनेरास्ववियुका टेकबहादुर चन्द स्ववियु सभापतिमा विजयी भएका थिए । अन्य पदमा भने नेविसंघकै उम्मेदवार विजयी भएका थिए । ०५७ साल यताका सबै निर्वाचनमा स्ववियु सभापतिमा अनेरास्ववियु विजयी भएको थियो । ०५७ सालमा डेजी पाण्डे, ०६१ सालमा यज्ञराज ढुंगाना, ०७३ मा चुडामणी भट्ट र ०७९ मा यमराज जोशी सभापतिमा निर्वाचित भएका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin