५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

हेभन पर्ल वर्ड एकेडेमीको  १५औं वार्षिकोत्सव सम्पन्न

खबर सम्बाददाता २९ चैत्र २०८१, शनिबार
हेभन पर्ल वर्ड एकेडेमीको  १५औं वार्षिकोत्सव सम्पन्न

कञ्चनपुरको लालझडी गाउँपालिका–२ स्थित हेभन पर्ल वर्ड एकेडेमीको १५औं वार्षिकोत्सव समारोह चैत २९ गते भव्य रूपमा सम्पन्न गरेको छ । 

समारोहका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा संचालक सोमनाथ रानाको सभाध्यक्षतामा , प्रमुख अतिथि  लालझडी गाउँपालिकाका अध्यक्ष निर्मल राना , विशिष्ट अतिथिका  गाउँपालिकाका पूर्व अध्यक्ष मदनसेन बडायक , वडा नं. ५ का अध्यक्ष पहल बहादुर थापा, सदस्य पार्वती लुवार, बहाई समुदायका प्रतिनिधि सुदीप राना लगायतको विभिन्न संस्थाका प्रतिनिधि  अभिभावक र  विद्यार्थीहरुको सहभागितामा रहेको थियो।

विद्यालयले समुदायमा शिक्षा फैलाउने कार्यमा पुर्‍याएको योगदानको सराहना गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गर्नुभयो। उहाँले विद्यार्थीको समुन्नत भविष्य निर्माणमा विद्यालय परिवारको भूमिका झनै महत्वपूर्ण हुने भनेर प्रमुख अतिथि निर्मल रानाले बताए।

शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै तीनै तहका सरकारहरूले गुणस्तर सुधारमा अझ गहिरो चासो दिनुपर्नेमा जोड दिए। भानु माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक दयाकृष्ण जोशीले अभिभावक, शिक्षक र विद्यार्थीबीचको सहकार्यले मात्र गुणस्तरीय शिक्षा सम्भव हुने भनेर विशिष्ट अतिथि मदनसेन बडायकले बताए ।

प्रधानाध्यापक बबिता रानाले विद्यालयको हालको अवस्था, शैक्षिक उपलब्धि तथा भावी योजना प्रस्तुत गर्दै विद्यालयमा हाल २२५ विद्यार्थी र २० जना कर्मचारी कार्यरत रहेका छन ।  विद्यालय परिवारले निरन्तर मेहनत गर्दै आएको पनि बताएका हुन ।

कार्यक्रममा विद्यालयका अभिभावकहरू धौलसिङ कुवेर, रुकमण चौधरी, राममती राना, भगवती राना, हिरा रानालाई विद्यालयको समृद्धिमा योगदान पुर्‍याएको भन्दै दोसल्ला ओढाई मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो ।

 कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षकहरूले लोक नृत्य, नाटक, गजल, हार्मोनियम लगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

यस वर्षको वार्षिक परीक्षा नतिजा पनि समारोहकै अवसरमा सार्वजनिक गरिएको थियो । कक्षा ५ बाट भागे राना ४.०० जीपीए सहित विद्यालय भरिमा प्रथम, रोशनी राना कक्षा ४ मा ३.९२ जीपीए सहित दोस्रो, सम्झना कुबेर कक्षा ५ बाट ३.९२ जीपीए सहित तेस्रो स्थानमा आउन सफल भएका छन्। विद्यालय व्यवस्थापन समितिले सबै सफल विद्यार्थीलाई बधाई दिँदै उज्ज्वल भविष्यको कामना गरेको छ।

विद्यालयले गाउँपालिकास्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता तथा अन्य विविध खेलकुद प्रतियोगिताहरू—जस्तै प्लान्ट सुटआउट, कबड्डी, भलिबल, फुटबल, दौड आदि—मा समेत उल्लेखनीय सफलता हासिल गरेको जानकारी दिइएको छ।

कार्यक्रमको एक विशेष क्षणमा छात्रा भागे रानाले ‘आमाको माया’ शीर्षकमा भावुक अभिव्यक्ति प्रस्तुत गर्दै आमाको योगदान र ममता विषयमा आफ्ना विचार सार्वजनिक गरेकी थिइन्, जसले उपस्थित दर्शकहरूलाई भावुक बनायो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin