कैलालीको धनगढी उप-महानगरपालिका ९ नं वडा कार्यालयको सभाहलमा बैशाख ४ गते कोशिश कैलाली को आयोजना र ९ नं वडाको आर्थिक सहयोगमा संस्थाका अध्यक्ष मनोज चौधरीको सभाध्यक्षतामा र धनगढी-९ का वडा अध्यक्ष प्रेम ब. भण्डारीको प्रमुख अतिथ्य्तामा सम्पन्न भएको हो ।


कार्यक्रमका प्रमुख अतिथि धनगढी वडा नं. ०९ का वडा अध्यक्ष प्रेम बहादुर भण्डारीले अहिलेको वर्तामान समयमा मानसिक समस्या एकदमै जर्जर रुपमा बढिरहेकोले यस्तो समस्यालाई निराकरण गर्न सकेमा वडामा शान्ती र अमनचयन रहने छ । यस संस्थाले राम्रो काम गर्दै अघि बढिरहेको छ अगामी आ.व.२०८२।०८३ सालको बजेटमा यस्ता खालको कार्यक्रमलाई निरन्तरता दिन जोड दिने भनेर बताए ।
नोभा अस्पतालका मनोरोग बिशेषज्ञ डा.राम प्रसाद लामिछानेले सहजिकरणमा मानसिक समस्या भनेको के हो? मानसिक समस्या कसरि पहिचान गर्ने?,यसका लक्षणहरु केकेहुन ? यसबाट बच्नेउपायहरु सम्बन्धमा विभिन्न प्रस्तुति प्रस्तुत गरेका हुन ।
मनोवल न्यूरो सेन्टरका मनोबिर्मशकर्ता सदिक्षा चौधरीले मानसिक समस्या, अटिजम , लागूऔषध दुव्र्यसन सम्बन्धी समस्या,अत्यधिक चन्चलता,समस्या भनेको के हो? मानसिक समस्या कसरि पहिचान गर्ने,यसका लक्षणहरु केके हुन ? यसबाट बच्ने उपायहरु सम्बन्धमा प्रस्तुति प्रस्तुत गरेकी हुन ।



कार्यक्रममा वडा नं.०९ का जन प्रतिनिधीहरु स्वास्थ्य स्वंयम सेविका , टोल बिकास समिती संयोजक , आधारभूत स्वास्थ्य स्वंयम सेविका,भल्मन्साहरु, न्यायिक समितीका सदस्यहरु, कोशिशका पदाधिकारीहरु,मानसिक समस्याबाट पिडीत भएका व्यक्तिहरु लगायतको उपस्थिती रहेको थियो ।
भल्मन्सा , मेलमिलापका संयोजक भनाई अनुसार आफुले जानेका कुराहरु र समाजामा भोग्दै आइरहेका समस्याको बारेमा बताउदै आजको कार्यक्रमले हाम्रा गाउँ घरमा सचेतिकरण गर्नमा यो कार्यक्रम अत्यन्तै समय सान्दर्भिक रहेको सहभागीताहरुले प्रतिक्रिया व्यक्त गरेका हुन । मानसिक समस्यालाइ केहि हद सम्म कम गर्न योगाले पनि महत्वपूर्ण भूमिका खेल्ने छ ।
अपाङ्गता सम्बन्धी प्रस्तुती कोशिश नेपालका राम चन्द्र रानाद्धारा अपाङ्गता सम्बन्धी परिचय पत्रकोबारेमा मनोसमाजिक अपाङ्गताले राज्यद्धारा पाउने सेवा सूविधाको बारेमा जानकारी गराएका हुन ।
कार्यक्रमको उद्देश्य र अतिथीहरुलाई स्वागत मन्तव्य संस्थाका सचिव कमला रानाले व्यक्त गरेकी हुन । कार्यक्रम संचालन सरिता चौधरीले गरेकी हुन ।