३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

चैतन्य पाठशाला परिसरमा २२ जनाद्वारा रक्तदान

खबर सम्बाददाता ६ बैशाख २०८२, शनिबार
चैतन्य पाठशाला परिसरमा २२ जनाद्वारा रक्तदान

कैलाली । धनगढी स्थित चैतन्य पाठशालामा आयोजित रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन ।

नया बर्ष २०८२ को अवसर पारेर ‘रक्तदान जीवनदान, मानव सेवाका लागि चैतन्य अभियान’ भन्ने नाराका साथ आज आयोजित रक्तदान कार्यक्रममा पहिलो पटक ७ जना सहित २२ जनाले रक्तदान गरेको सुदुरपश्चिम प्रदेश सरकारका स्वास्थ्य दुत एबम चैतन्य पाठशालाका रक्तदान संयोजक दीपक उपाध्यायले जानकारी दिए । पहिलो पटक रक्तदान गर्ने रक्तदाताहरुलाई स्वास्थ्य दुत उपाध्यायले काउन्सिलिङ गरेका थिए ।

पहिलोपटक रक्तदान गर्ने रक्तदाताहरुले अबदेखि नियमित रुपमा ३/३ महिनामा रक्तदान गर्ने प्रण गरेको उपाध्यायले बताए ।

गर्मियाम सुरु भएसंगै बिरामीको संख्या बढ्ने र उपचारका लागि चाहिने रगतको सहजताका लागि पाठशाला परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको चैतन्य पाठशालाका सिईयो गणेश प्रसाद जोशीले बताए । उनले पाठशालाले मासिक रुपमा रक्तदानका कार्यक्रम आयोजना गर्दै आइरहेको समेत जानकारी दिए ।

रक्तदानमा सहभागि सम्पुर्णलाई स्वास्थ्य दुत उपाध्याय र चैतन्य पाठशालाका सिईयो जोशीले प्रसंशा पत्र प्रदान गरेका थिए ।

धनगढी स्थित प्रादेशिक रक्तसंचार केन्द्रले रक्तदान कार्यक्रमको प्राबिधिक सहजिकरण गरेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin