५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

५ औं बार्षिकोत्सवमा २२ जनाद्वारा रक्तदान

खबर सम्बाददाता ७ बैशाख २०८२, आईतवार
५ औं बार्षिकोत्सवमा २२ जनाद्वारा रक्तदान

कैलाली । धनगढी स्थित सुदुरपश्चिम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा आयोजित रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन । सहकारी सस्थाको पाचौ स्थापना दिवसको अवसरमा आज आयोजित रक्तदान कार्यक्रममा पहिलो पटक १० जना सहित २२ जनाले रक्तदान गरेको सहकारीका अध्यक्ष दीर्घराज जोशीले जानकारी दिए ।

पहिलोपटक रक्तदान गर्ने रक्तदाताहरुले अबदेखि नियमित रुपमा ३/३ महिनामा रक्तदान गर्ने प्रण गरेका छन ।

गर्मियाम सुरु भएसंगै बिरामीको संख्या बढ्ने र उपचारका लागि चाहिने रगतको सहजताका लागि बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम राखिएको जोशीले बताए ।

रक्तदानमा सहभागि सम्पुर्णलाई सस्थाका प्रमुख कार्यकारी अधिकृत टिकाराम जोशीले प्रसंशा पत्र प्रदान गरेका थिए ।

धनगढी स्थित प्रादेशिक रक्तसंचार केन्द्रले रक्तदान कार्यक्रमको प्राबिधिक सहजिकरण गरेका थिए ।

रक्तदान कार्यक्रमा सर्वाधिक रक्तदाता एबम सुदुरपश्चिम प्रदेशका स्वास्थ्य दुत दीपक उपाध्यायलाई सम्मान गरिएको थियो । उपाध्यायलाई सस्थाका अध्यक्ष जोशी र सचिव हरि धामीले खादा र सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin