३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

बेलौरीको शिवनगरमा एक किसान जलेको अवस्था फेला , घटना शङ्कास्पद

खबर सम्बाददाता ९ बैशाख २०८२, मंगलवार
बेलौरीको शिवनगरमा एक किसान जलेको अवस्था फेला , घटना शङ्कास्पद

कञ्चनपुरको बेलडाँडीका एक किसानको शंकास्पद मृत फेला परेका छन । बेलडाँडी गाँउपालिका ३ खैरिघाट कमरीका किसान हरिकिसन राना मंगलबार बिहान मृत फेला परेका हुन ।

राना बेलौरी नगरपालिका १० शिवनगर मसानघाट नजिकै जलेको अवस्थामा मृत फेला परेको जनाएको छ । बेलडाँडी गाँउपालिका ३ का वडायक्ष दुर्गा चौधरीले बिहान घरमा गाईभैसीलाई आहारा हालेर मोटरसाईकल चढेर कलकत्ता बजार निस्किएका रानाको शंकास्पद मृत्यु भएको बताए ।

‘सडक छेउमै मोटरसाईकल जलेर पूर्ण नष्ट भएको छ, शव पनि जलेको छ, नजिकै मोवाईल र पैशा पनि फेला परेका छन, ‘उनले भने, ‘बिहान मर्निङ्गवाक गर्नेहरुले मोटरसाईकल जलिरहेको देखे तर मानिस देखेनन, पछि मात्रै मानिस पनि जलेको अवस्थामा मृत भेटिए ।’ घटना निकै शंस्कापद रहेको वडाध्यक्ष चौधरीले बताए । घर परिवारले भने, हत्या भएकाले हत्यारा पत्ता नलागुन्जेलसम्म घटनास्थलबाट शव नउठाउने चेतावनी दिएका छन । बिहान घरमा बस्तुभाउलाई चारा लिएर हिडेका रानाको क्षणभरमै मृत्यु भएपछि घर परिवार विछिप्त भएका छन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले रानाको मृत्यु शंस्कापद भएकाले बताए । एसपी जोशीले घटनाको अनुसन्धान शुरु भएको बताए । एसपी जोशी आफै घटना स्थल पुगेर घटनाको निष्पक्ष छानबिन गर्ने पीडित परिवारलाई आश्वासन दिएका छन । एकाबिहानै किसान जलेर मृत फेला परेपछि गाँउमा त्रास समेत फैलिएको छ । मृतकका आफन्त, गाँउले तथा स्थानीयले घटनाको निष्पक्ष छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin