३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

बाल स्वास्थ्य सूचकाङ्कमा लालझाडी गाउँपालिका सुदूरपश्चिममै प्रथम

खबर सम्बाददाता ९ बैशाख २०८२, मंगलवार
बाल स्वास्थ्य सूचकाङ्कमा लालझाडी गाउँपालिका सुदूरपश्चिममै प्रथम

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौंमा आयोजित आई.एम.एन.सि.आई. रजत जयन्ती समारोहको अवसरमा आयोजित मुल्यांकनमा लालझाडी गाउँपालिकाले अद्वितीय सफलता हात पार्दै सुदूरपश्चिम प्रदेशभरिका पालिकाहरूबीच बाल स्वास्थ्य कार्यक्रमको प्रगति सूचकाङ्कमा प्रथम स्थान हासिल गर्न सफल भएको छ।

यस उपलब्धिलाई ऐतिहासिक सफलता मानिएको छ, जसले गाउँपालिकालाई अबका दिनहरूमा थप प्रेरणा र जिम्मेवारी दुबै दिएको छ। लालझाडी गाउँपालिकाले यस्तो सम्मान प्राप्त गर्नुको पछाडि सबै तहका नेतृत्व, योजनाकार, कार्यान्वयनकर्ता र समर्पित समुदायको अथक परिश्रम र निष्ठाको प्रतिफल रहेको स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले बताएका छन्।

लालझाडी गाउँपालिकाले यो सफलता संगै देशैभरिका पालिकाहरूका लागि उदाहरणीय प्रेरणा दिएको छ। विशेषतः बाल स्वास्थ्यको संवेदनशील विषयमा यस्तो अग्रगामी कार्यसम्पादन गर्नु गाह्रो जिम्मेवारी हो, जसमा लालझाडी गाउँपालिकाले आफैंलाई उचो स्थानमा स्थापित गरेको छ।

यस उपलब्धिमा सम्पूर्ण जनशक्तिको समर्पण र योजनाबद्ध कार्यान्वयनको योगदान रहेको बताउँदै आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रममार्फत समुदायको स्वास्थ्यमा थप सुधार ल्याउने गाउँपालिका अध्यक्ष निर्मल रानाले बताएका छन्। स्वास्थ्य शाखा, लालझाडी गाउँपालिका शंकरपुरले यो अवसरलाई नयाँ प्रेरणा स्रोतको रूपमा लिँदै आगामी दिनमा अझ उत्कृष्ट कार्य सम्पादन गर्ने अठोटका साथ बढिरहने बताएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin