कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका-३, खैरिघाट कमरी का हरिकिसन रानाको शव वैशाख ९ गते मंगलबारका दिन, बेलौरी नगरपालिका-१०, शिवनगर क्षेत्रमा रहेको निर्मल शारदा आर्यघाट नजिकै शंकास्पद र रहस्यमय अवस्थामा मोटरसाइकल सहित जलेर विभत्स रुपमा मृत फेला परेको थियो। उक्त घटना प्रति नेपाल रानाथारू समाजको गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन ।

घटना संकास्पद, रहस्यमयी रहेको तथा विविध संचार माध्यममा यस घटना सँग जोडिएर पुराना घटनाक्रम समेत सार्वजनिक भइरहेको र आम जनमानसमा व्यापक चासो र आक्रोस समेत देखिएको हँदा शंकास्पद व्यक्तिहरुलाई यथासिघ्र हिरासतमा लिई निष्पक्ष सत्य तथ्य छानविन गरि पिडित परिवारलाई न्याय दिनका लागि नेपाल रानाथारु समाजले गृहमन्त्री रमेश लेखक लाई ज्ञापन पत्र बुझाएका हुन ।